मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेमा अवधी भाषा पाठ्यक्रम सामाग्री निमार्णका लागि अवधी क्षेत्रको नक्साङ्कन तयार
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज १७ पुस । अवधी भाषा पाठ्यक्रम सामाग्री निमार्णका विषयमा नेपालगन्जमा अवधी क्षेत्रको नक्साङ्कन गरिएको छ । विश्व शिक्षाको सहकार्यमा बाँके युनेस्को क्लबले नेपालगन्जमा आयोजना गरेको कार्यशालामा अवधीविज्ञ, शिक्षक, साहित्यकार तथा अगुवाहरुको सहभागितामा अवधी भाषाको नक्साङ्कन गरिएको हो ।
    नेपालमा अवधी भाषिक भौगोलिक क्षेत्र, तथा बोल्ने भाषा र स्थानका विषयमा छलफल गरि विभिन्न ११ चरण पुरा गरि नक्साङ्कन गरिएको क्लबका अध्यक्ष प्रबेज अली सिद्दिकीले बताउनुभयो । पश्चिम नेपाल नवलपरासीदेखि कञ्चनपुर जिल्लासम्म अवधी भाषीको भौगोलिक क्षेत्र रहेको छ । बाँके जिल्लालाई केन्द्र मानी अवधी भाषामा बालबालिकाहरुका लागि पाठयक्रम तयार पारिनेछ ।
    नक्साङ्कनपछि पछि अब विद्युतीय सप्फट्वेयरमा पाठयक्रम निमार्णको कार्य शुरु हुनेछ । पाठयक्रम तयार भएपछि कक्षा १, २ र ३ का विद्यार्थीहरुलाई आफ्नैमातृ भाषामा पढन लेख्न र सिक्ने कार्यमा सहजता हुनेछ । कार्यशालामा विश्व शिक्षाका सिमा आचार्य सहितको ४ जनाको टोलीले सहजीकरण गरेको थियो ।
    कार्यक्रममा बाँकेका सहायक जिल्ला शिक्षा अधिकारी गोरखबहादुर थापाले मातृ भाषाको पाठयक्रमले अवधीभाषी बालबालिकालाई बढी उपयोगी हुने बताउदै यसले उनीहरुको शुरुवाती सिक्ने आधार बलियो हुने बताउनुभयो । कार्यशालामा अवधीविज्ञ, साहित्यकार, अगुवा, शिक्षक, स्रोत व्यक्ती गरि करिब २५ जनाको सहभागिता रहेको कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष सिराज खानले स्वागत गर्दै कार्यक्रमको उद्देश्यमाथी प्रकाश पार्नुभएको थियो ।

     

  • १७ पुष २०७४, सोमबार १३:३८ प्रकाशित
  • Nabintech
    सम्बन्धित