मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

पूर्वराजाले किन भेटे नेपालगन्जका सुरक्षा अधिकारीहरुसंग
  • मार्गरेखा संवाददाता

  • केही दिनदेखि नेपालगन्जमै रहेका पूर्व राजा ज्ञानेन्द्र शाहले आइतबार यहा स्थित सुरक्षा अधिकारीहरुसग भेटवार्ता गरेका छन् । सम्बद्ध स्रोतका अनुसार, बाकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसी, संघीय प्रहरी इकाइ कार्यालय नेपालगन्जका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक महेश विक्रम शाह, बाके प्रहरीका निमित्त प्रमुख, डिएसपी राजेन्द्र प्रसाद अर्याल लगायतका सुरक्षा अधिकारीहरुस“ग भेटवार्ता गरेका हुन् ।

     

    पूर्व राजा बसिरहेको होटल सोल्टीमै आमन्त्रित गरिएका सुरक्षा अधिकारीहरुसग उनले समग्र सुरक्षा अवस्था देखि पछिल्लो राजनीतिक अवस्थामा भैरहेका गतिविधिबारे चासो राखेका थिए । ‘भारतीय सीमा क्षेत्रसग जोडिएका जिल्लाको अवस्था कस्तो छ ?’, पूर्व राजाले गरेको जिज्ञासालाई उद्धृत गर्दै एक सुरक्षा अधिकारीले भने, ‘अत्यन्तै सहज ढंगले प्रस्तुत भएका पूर्व राजाले मसिना कुरामा समेत आफ्ना जिज्ञासा राखेका थिए ।’

    पूर्व राजा ज्ञानेन्द्र आइतबार मध्यरातमा भव्य सांगीतिक समारोह बीच होटल सोल्टीको उद्घाटन सहभागी थिए । एक साता भन्दा बढी नेपालगन्ज लगायत पश्चिम नेपाल टुर मुकाम बनाएका पूर्व राजाले यसअघि नेपालगन्जका अगुवा व्यवसायीहरुलाई भेटघाट गरिसकेका छन् ।

  • १७ पुष २०७४, सोमबार १८:२६ प्रकाशित
  • Nabintech
    सम्बन्धित