नेपालगन्ज, १८ पौष÷नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा बागेश्वरी मन्दिर परिसरमा रहेका असहाय एवं जेष्ठ नागरिकहरुलाई कम्बल वितरण गरिएको छ ।
जिल्ला विपद् व्यवथापन समितिका अध्यक्ष एवं बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार के।सी।, नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय उपाध्यक्ष अजीतकुमार शर्मा, बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झना र नेपालगन्ज उपमहानगरपालिका २ नं। वडा अध्यक्ष सुनिल सिंह हमाल लगायतले संयुक्तहरुमा कम्बल वितरण गर्नु भएको हो ।
बाँके जिल्लामा बढदै गएको शितलहर÷चिसोबाट बचाउनका लागि जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयानुसार रेडक्रसले बागेश्वरी मन्दिरमा आश्रय लिईरहेका बृद्धा, बालबालिका, जेष्ठनागरिक, असहाय लगायत ५० जनालाई कम्बल वितरण गरिएको छ ।
वितरण कार्यक्रममा नेरेसो बाँके शाखाका उपसभापति शान्ति श्रेष्ठ, सुरेन्द्रनाथ सापकोटा, मन्त्री अजीज अहमद सिद्दिकी, विपद् व्यवस्थापन समितिका संयोजक नरेन्द्रकुमार पौडेल, सदस्य विमला शर्मा, कार्यालय प्रमुख निरञ्जना मल्ल एवं कर्मचारीहरु, नगरभित्र उपशाखाका सभापतिहरु सुरेन्द्र कुमार श्रेष्ठ, वीरेन्द्रमान श्रेष्ठ, श्यामबहादुर के।सी।, पत्रकार र सुरक्षाकर्मीहरुको समेत सहभागिता रहेको थियो ।