बाँके कोहलपुर १८ पुस / नेपाल कपडा तथा सिलाई व्यवसायी संघ जिल्ला कार्य समिति बाँकेले बाँके जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यहरुलाई सोमबार कोहलपुरमा बधाई तथा शुभकामना गरेको छ । संघको पाँचौ राष्ट्रिय सिप सप्ताह अन्तर्गत सिलाई कटाई प्रशिक्षण कार्यक्रमको अवसरमा गरिएको कार्यक्रममा बाँके क्षेत्र नं १ प्रतिनिधि सभा सदस्य महेश्वर गहतराज (अथक) ले दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अथकले कपडा तथा सिलाई व्यवसायीलाई गार्मेन्टको रुपमा विकास गर्नुपर्ने बताउदै स्थानिय स्तरमा उद्योग कलकारखाना स्थानिय स्तरमा स्थानियहरुको लगानी गरेमात्र स्वरोजगारको बाताबरण हुने भएकोले आफु स्थानिय लगानी पक्षमा रहेको बताउदै स्थानिय निकायको पहल आवश्यक रहेको बताए त्यसका लागि आफुले आवश्यक सहयोग गर्न तयार रहेको बताए । बाँके १ प्रदेश (खं) सभा सदस्य आरती पौडेलले स्वदेशी उत्पादन र स्वदेशमै तयार गरिएका पोसाकहरुलाई प्राथामिकता दिनु पर्नेमा जोड दिइन्। कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले कपडा तथा सिलाईका लागि नगरपालिकाबाट रु ४ लाख विनियोजन गरिएको र व्यवसायीलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए् ।
नेपाल कपडा तथा सिलाई व्यवसायी संघका केन्द्रीय अध्यक्ष राम कृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य महेश्वर गहतराज (अथक) बाँके १ प्रदेशसभा (ख) की सदस्य आरती पौडेललाई फुलमाला तथा दोसल्ला सहित बधाई तथा सम्मान गरिएको थियो । संघका केन्द्रीय सदस्य रुपलाल परियारले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा कोहलपुर नगरपालिका –११ का वडा अध्यक्ष कर्ण बहादुर थापा ,राष्ट्रिय सिप प्रशिक्षण केन्द्रका अध्यक्ष मिलन नेपाली ,कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारी,संघका केन्द्रीय सदस्य विनोद नेपाली ,संघका बर्दिया जिल्ला अध्यक्ष दल बहादुर नेपाली, नेकपा एमाले पुर्व अञ्चल कमिटी सदस्य पुजन विश्वकर्मा,युवा संघ नेपालका सुर्य रोकाय, कपडा तथा सिलाई व्यवसायी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम नेपाल कपडा तथा सिलाई व्यवसायी संघ जिल्ला कार्य समिती बाँकेका अध्यक्ष शेर बहादुर नेपालीको सभापतित्वमा सम्पन्न भएको थियो ।