मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेको जानकी गाँउपालिकाले ४० जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज पौष १८ ।बाँकेको जानकी गाँउपालिका वडा नं. ५ बेलहरीका ४० जना जेष्ठ नागरिकहरुलाई आज एक कार्यक्रमका बिच सम्मान गरिएको छ ।
    जानकी गाँउपालिका वडा नं. ५ बेलहरीको सहयोग तथा बास नेपालगन्जको आयोजनामा सो सम्मान कार्यक्रम सम्पन्न भएको हो । जानकी गाँएपालिका वडा नं. ५ का वडा अध्यक्ष रमेश कुमार बर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै वडा अध्यक्ष रमेश कुमार बर्माले जेष्ठ नागरिकहरुले समाजलाई दिएको योगदानको कदर गर्दै सम्मान गरिएको बताए । उनले वडाले जेष्ठ नागरिकहरुको सल्लाह सुझाव लिने र उनीहरुलाई आगामि दिनहरुमा समेत यस्तै सम्मानका कार्यक्रमहरु गर्ने बताए । कार्यक्रममा बोल्दै वडा सचिब योगेन्द्र नाथ चौधरीले वडाका सबै क्षेत्र समेटिनेगरी जेष्ठताको आधारमा ४० जनालाई सम्मान गरिएको बताए । उनले परिवारका सदस्यहरुले समेत जेष्ठ नागरिकलाई सम्मान गर्ने परिपाटिको बिकास गर्नुपर्नेमा जोड दिएका थिए । सम्मान कार्यक्रममा वडा अध्यक्ष बर्मा, सचिब चौधरी, वडा सदस्य कुलेराज कुर्मी, महिला सदस्य मायादेबि चमार, नकपा एमालेका गाँउकमिटी अध्यक्ष मातृका प्रशाद बर्मा, राजपाका प्रतिनिधि तिरथ राम कुर्मी, फोरमका सोहराम अली दर्जि लगायत कार्यक्रममा उपस्थित अतिथिहरुले जेष्ठ नागरिकहरुलाई दोसल्ला, टर्च लाईट र नगद सहित सम्मान गरेका थिए । बासका कार्यक्रम संयोजक शम्भु शाहीले संचालन गरेको कार्यक्रममा स्वागत बास बेलहरी उपशाखाका अध्यक्ष मनमोहन बर्माले गरेका थिए भने कार्यक्रमको उद्धेश्य माथि प्रकाश बासका केन्द्रिय अध्यक्ष मन भण्डारीले गरेका थिए । सम्मान कार्यक्रममा वडा प्रतिनिधि, राजनितिक दलका प्रतिनिधि, संघ सस्थाका प्रतिनिधि, जेष्ठ नागरिक तथा अन्य गरि ६५ जनाको उपस्थिती रहेको थियो ।

     

     

  • १८ पुष २०७४, मंगलवार १५:१६ प्रकाशित
  • Nabintech
    सम्बन्धित