मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारहरुले गरेको खर्च अत्याधिक करिब ७० अर्ब रुपिया खर्च
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज,पौष १९ ।  निर्वाचन पर्यबेक्षण समिति नेपालका अध्यक्ष प्रदिप पोख्रेलले प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारहरुले गरेको खर्च अत्याधिक भएको बताएका छन् ।

    तीनवटा निर्वाचनमा करिब ७० अर्ब रुपिया खर्च भएको छ , समितिले बुधबार नेपालगन्जमा आयोजना गरेको प्रतिनिधीसभा र प्रदेशसभा सदस्य निर्वाचन अनुभव र आगामी कार्यदिशाका बिषयक अन्तरक्रियामा अध्यक्ष पोख्रेलले भने , यसमा ६२ प्रतिशत अर्थात ४२ अर्ब खर्च उम्मेदवारको भएको छ । उनले एउटा उम्मेदवारले दुई करोडदेखि २० करोड रुपिया सम्म खर्च गरेको पाइएको बताए ।

    कार्यक्रममा बाँके १ का प्रतिनिधी सभा सदस्य महेश्वर गहतराज अथक, प्रदेशसभा सदस्य आरती पौडेल, कृष्णा केसि नमुनाले आफ्ना अनुभव सुनाएका थिए ।

    राष्ट्रिय मानव अधिकार आयोगका क्षेत्रीय निर्देशक मुरारी खरेलले मतदाता शिक्षा प्रभावकारी बनाउन आयोगको ध्यान जानुपर्नेमा जोड दिए र आगामी दिनमा अहिलेको जस्तो फितलो मतदाता शिक्षा नहुनको लागी बिशेष खालको योजना ल्याउनु पर्ने बताए।

    क्षेत्रीय निर्वाचन कार्यालय बाँकेका क्षेत्रीय निर्वाचन अधिकारी बशन्तराज अधिकारीका अनुसार प्रतिनिधीसभा उम्मेदवारले २५ लाख र प्रदेशसभा उम्मेदवारले १५ लाख रुपिया खर्च गर्न पाउने कानुनी सीमा रहेको बताए आचरसहिता र नियम अनुसार निर्वाचनमा खर्च नभएको पनि बताए । उनका अनुसार निर्वाचनमा १०३ उम्मेदवार मध्ये हालसम्म २ जनाले मात्रै खर्च बिवरण पेश गरेका छन्।

    समितिका महासचिव गोपालनाथ योगीका अनुसार ७ वटै प्रदेशमा यसखालको कार्यक्रम गरिने बताए।

  • १९ पुष २०७४, बुधबार १९:४३ प्रकाशित
  • Nabintech
    सम्बन्धित