मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

दाङ जिल्ला फुटबल संघको अध्यक्षमा सुशिल श्रेष्ठ चयन
  • मार्गरेखा संवाददाता

  • शरद रेग्मी्
    दाङ २२ षौश
    दाङ जिल्ला फुटबल संघको अध्यक्षमा सुशिल श्रेष्ठ चयन हुनुभएको छ । आज सम्पन्न चौथो अधिवेशन चार वर्षे कार्यकालका लागि श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमतीले चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा भानुविक्रम राणा, उपाध्यक्षमा ईन्द्र बहादुर पुन, उपाध्यक्ष वुद्धिराम पुन, महाँसचिव नरेन्द्र पुन, कोषाध्यक्ष सन्देश श्रेष्ठ रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा लक्ष्मण बस्नेत, सुरज वली, अनिल कुमार बस्नेत, चन्द्रविर वली, गोपाल श्रेष्ठ, वसन्त पुरी, भिम बहादुर चौधरी, प्रकास श्रेष्ठ र महिला सदस्यमा भावना कुमारी राजभण्डारी रहनु भएको छ । संघका वरिष्ठ उपाध्यक्ष भानुविक्रम राणाको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठको प्रमुुुुख आतिथ्य एंव दाङ जिल्ला प्रहरी प्रमुख दुर्गा सिह र अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य प्रदेश सिहं राठोरको विशिष्ठ आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी श्रेष्ठले जिल्लाको खेलकुदको विकासका लागी आफुले जस्तो सुकै सहयोग गर्न तयार रहेको बताउनु भयो । उहाँले दाङ खेलकुदको उर्वरभुमी भएको भन्दै राष्ट्रको शान र गौरवलाई उच्च राख्ने गरी खेलाडी उत्पादन गर्न तर्फ लाग्न पनि संघलाई आग्रह गर्नु भयो । साथै उहाँले खेलकुद राष्ट्र विकासको मेरुदण्ड भएको भन्दै व्यवसायीक रुपमा विकास गर्न सुझाव समेत दिनु भयो ।
    ्त्यस्तै सो अवसरमा बोल्दै बिशिष्ट अतिथि जिल्ला प्रहरि कार्यालय दाङका प्रमुख दुर्गा सिङले खेलकुदको बिकासका लागी सवै क्षेत्रले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले दाङ जिल्ला सवै हिसावले सुन्दर र राम्रो रहेको भन्दै जिल्लाको पहिचान गराउने खेलाडि उत्पादन गर्न तर्फ लाग्न संघलाई सुझाव दिनुभयो ।
    ्संघका उपाध्यक्ष प्रेमप्रकास मल्लको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विशिष्ट अतिथि प्रदेश सिंह राठोर , जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्ली बहादुर डाँगी, नेपाल पत्रकार महाँसंघ दाङका अध्यक्ष सविन प्रीयासन, तुलसीपुर उपमहानगरपालिका वडा नं ५ का वडा सदस्य सावित्रा गुरुङ, रिपोर्टर्स क्लब नेपाल दाङका सचिब विमल गौतम, तुलसीपुर खानेपानीका सचिव मनोज लामिछाने, निर्वाचन समितिका सदस्य सुमन घले, पुर्व राष्ट्रिय खेलाडी गणेशप्रेम श्रेष्ठ, नरेन्द्र पुन लगाएतकाले बोलेका थिए ।

     

  • २२ पुष २०७४, शनिबार १८:४९ प्रकाशित
  • Nabintech
    सम्बन्धित