कोहलपुर,२३ पुस/ बाँकेको कोहलपुर नगरपालिका –११ मा रहेको बसोबास महिला बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो ११ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न गरेको छ । सभाको कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले दिप प्रज्वलन गरी उद्घाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले सहकारीका शेयर सदस्यहरुलाई आत्मानिर्भर बनाउनका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताएका बताए । साथै उनले स्थानीय सरकारले सहकारी क्षेत्रको विकासका लागि विभिन्न कार्यक्रमहरु सञ्चालनमा ल्याउने बताएका छन् ।
राज्यको तीन खुम्बे नीति अनुसार सहकारीले आर्थिक विकासमा महत्वपूर्ण भुमिका खेलेको भन्दै राज्यले सहकारी क्षेत्रको वृद्धिका लागि विशेष नीति लिनुपर्ने बताए । कार्यक्रममा बोल्दै जिल्ला सहकारी सञ्चालक समितिका सदस्य नवराज उपाध्यायले सहकारी नीति र विधि अनुसार आफ्ना काम गरी शेयर सदस्यहरुको आर्थिक विकास र आत्मानिर्भर बनाउनका लागि विभिन्न स्वरोजगार मूलक कार्यक्रमहरु ल्याउन सुझाव दिएका थिए ।
सभामा संस्थाकी गिता वलीले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । त्यस्तै समितिकी कोषाध्यक्ष सिता कार्कीले आर्थिक वर्ष २०७३ ÷०७४ को रु ८ करोड २८ लाख ६३ हजार ३९ रुपैया बराबरको वास्तविक आय– व्यय तथा २०७४÷०७५ को रु ८ करोड ४१ लाख ८८ हजार १ सय ३८ रुपैंया बराबरको अनुमानित आय व्यय प्रस्तुत गरेकी थिईन ।
त्यस्तै सभामा उत्कृष्ट बचतकर्ता ऋणी लगायत लाई सम्मान पत्र सहित सम्मान गरिएको थियो । कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं १० का वडा अध्यक्ष निम बहादुर चलाउने, वडा नं ११ का वडा सदस्य छविलाल भट्टराई सहकारी संस्थाकी अध्यक्ष नारायणी घिमिरे,कोहलपुर सहकारी संञ्जालका सचिव गणेश रिजाल लगायतले आफ्नो भनाई राखेका थिए ।
कार्यक्रम संस्थाकी अध्यक्ष गिता वलीको सभापतित्वमा सम्पन्न भएको थियो भने संस्थाकी सचिव केश कुमारी भण्डारीले कार्यक्रम सञ्चालन गरेकी थिईन ।