मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

घोराही उपमहानगरले थारुभाषालाई सरकारी कामकाजको बनायो
  • मार्गरेखा संवाददाता

  • घोराही, २३ पुस /घोराही उपमहानगरपालिकाले आगामी माघ १ गते देखी थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेको छ । नगर कार्यपालिकाको बैठकले प्रथम नगरसभाबाट पारित गरेको निति कार्यक्रम अनुसार थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेको हो ।

    अब घोराही उपमहानगरपालिका र सो अन्तर्गतका सबै वडा कार्यालयहरुमा आगामी माघ १ गते देखि थारु भाषालाई सरकारी कामकाजको भाषाकोरुपमा लागु गर्ने कार्यपालिकाको बैठकले निर्णय गरेको हो ।

    अब थारुभाषाबाट आएका निबेदनहरु दर्ता गरि कार्य सम्पादन हुने छ भने कार्यालयहरुमा नगर प्रमुख नरुलाल चौधरी सहितका जनप्रतिनिधी र थारु समुदायका कर्मचारीहरु थारु सेवाग्राही सँग आफ्नै भाषामा कुराकानी गर्ने छन् ।

    नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकले कृषि शाखाबाट संचालित अनुदान कार्यक्रमका लागि परेका निबेदनको मूल्यांकन गरि छनौट गर्न आर्थिक समितिका संयोजक राममणि पाण्डेयको संयोजकत्वमा एक समिति गठन गरेको छ ।

    समितिको सदस्यहरुमा कार्यपालिका सदस्य माया रावत, वडा नम्बर १७ का अध्यक्ष खुसीराम चौधरी र कृषि शाखाका प्रमुख भरत पोख्रेल सदस्य सचिव रहनुभएको छ । साथै बैठकले वडा नम्बर २ रामपुरमा रहेको स्वास्थ्य चौकीको स्तरबृद्धी गरि शहरी स्वास्थ्य प्रवर्धन केन्द्र स्थापना गर्ने निर्णय गरेको नगर प्रमुखका प्रेस संयोजक निमुसंगम घर्तीले जानकारी दिएका छन् ।

    अब उक्त शहरी स्वास्थ्य प्रर्बद्धन केन्द्रमा एमबिबिएस डाक्टर सहितको स्वास्थ्यकर्मी र ल्याव सहितको उपचार सेवा सञ्चालन हुने भएको छ । बैठकले राष्ट्रिय परिक्षा बोर्ड शाखा कार्यालय घोराहीले भवन निर्माणका लागि जग्गा माग गरेको हुदा वडा नम्बर ६ को प्रावि गुरुवागाउँ कम्पाउण्ड भित्रको जग्गा वा वडा नम्बर १८ को नवलपुरमा जग्गा उपलब्ध गराउने निर्णय भएको छ ।

  • २३ पुष २०७४, आईतवार १६:०३ प्रकाशित
  • Nabintech
    सम्बन्धित