मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँके भन्दा अन्य ठाउँको प्रदेश राजधानी मान्दैनौं ः बाँकेका सांसदहरु
  • मार्गरेखा संवाददाता

  • कोहलपुर, पौष २३ । बाँके जिल्लालाई प्रदेश नं. ५ को राजधानी बनाउनका लागि जोड दिईएको छ । बाँकेको काहेलपुरमा आईतबार कोहलपुर नगरपालिका, कोहलपुर नगर विकास समितिको आयोजना र रेडियो प्रतिबोध एफएमको समन्वयमा प्रदेश नं. ५ को प्रदेशको राजधानी लगायत बाँकेको विकास र समृद्विका सवालमा सर्वपक्षीय वृहत अन्र्तक्रिया कार्यक्रम बोल्दै बाँके निर्वाचन क्षेत्र नं. १ र २ का प्रतिनिधि सभा सदस्यद्वय महेश्वर गहतराज ‘अथक’ र मोम्मद ईस्तायिक राईले बाँकेलाई प्रदेश राजधानी बनाउनका लागि पहल गरिरहेको बताउँदै प्रदेश राजधानीका लागि आवश्यक पर्ने स्रोत साधान बाँकेमा भएकाले प्रदेश राजधानी बनाउका लागि दवाव दिईएको बताएका छन् । साथै उनीहरुले दाङ, बुटवलको राजधानीलाई भन्दापनि बाँकेमै राजधानी बनाउका लागि सबै क्षेत्रबाट लाग्न सुझाव पनि दिएका थिए ।
    कार्यक्रममा बोल्दै नेकपा एमालेका नेता सुर्य ढकालले सबैलाई पायक पर्ने बाँके जिल्लालाई राज्यको केन्द्र बिन्दु तोकिनु पर्ने भन्दै बाँकेलाई राजधानी बनाउँदा राम्रो हुने बताए ।
    कार्यक्रममा बोल्दै नेपाली काँग्रेस क्षेत्र नं. १ बाँकेका पार्टी सभापटि माधवराम खत्रीले संविधान कार्यन्वयनको अन्तिम चरणमा भएकाले राजनीतिक सहमतिबाटै प्रदेशको राजधानी तोक्नुपर्नेमा जोड दिए ।
    कार्यक्रममा नेकपा माओवादी केन्द्रका युवा नेता नरेन्द्र न्यौपानेले संघीयताको व्यवहारिक प्रयोगको लागी र पश्चिम नेपालकै व्यापारिक केन्द्र राजनितिक केन्द्रको रुपमा बाँके जिल्ला नै उपयुक्त भएकोले बाँके जिल्ला लाई नै ५ प्रदेशको राजधानिको लागी पहल गर्ने बताए । कार्यक्रममा नगरविकास समितिका अध्यक्ष अबराज खड्काले ५नम्बर प्रदेशको राजधानी बाँके जिल्लामा नै हुनुपर्छ भन्दै आधारपत्र प्रस्तुत गरेका थिए ।
    कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा कोहलपुर नगरपालिका उपमेयर सञ्जु कुमारी चौधरी, विभिन्न संघ संस्थाका प्रतिनिधि, समाजसेवी, बुद्विीहरुको सहभागिता रहेको थियो ।

  • २३ पुष २०७४, आईतवार १६:३४ प्रकाशित
  • Nabintech
    सम्बन्धित