मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

रुकुममा कक्षा ८ को परिक्षा जिल्ला शिक्षा कार्यालय नै सञ्चालन गर्ने
  • मार्गरेखा संवाददाता

  • लोकेन्द्र खनाल
    रुकुम, २५ पुस ।
    यस भन्दा पहिले सञ्चालन हुँदै आएको कक्षा ८ को जिल्ला स्तरीय परिक्षा रुकुम पूर्व र पश्चिम दुवै जिल्लामा यसपालि पनि जिल्ला शिक्षा कार्यालयबाट नै सञ्चान हुने भएको छ । मंगलबार रुकुम पश्चिमको सदरमुकाम खलंगामा भएको दुवै जिल्लाका माध्यामिक विद्यालयका प्रधानाध्यापकहरुको बैठकले देश संघियतामा गएपनि अहिलेसम्म विद्यालय ऐन र नियमावली खारेज नभएको र नयाँ ऐन तथा नियमावली समेत नबेकाले कक्षा ८ को परिक्षा जिल्ला शिक्षा कार्यालयबाट नै सञ्चालन गर्ने निर्णय भएको हो ।

    एसइइ परिक्षाको पूर्व तयारीको लागि जिल्लामा परिक्षा सञ्चालन गर्न र त्यसको अभिलेखीकरण गर्नको लागि जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत लालबहादुर घर्तीको संयोजकत्वमा १० सदस्यीय एक समिति समेत गठन गरेको छ । यसका साथै बैठकले जिल्लाको शैक्षिक सुधारनमा बृद्धि गर्नको लागि कक्षा १ देखी नै कम्तीमा तीन वटा विषयको अंग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गर्ने र शैक्षिक सुधारको लागि ठोस कार्ययोजना निर्माण गरेर प्रगति विरण जिल्ला शिक्षा कार्यलयमा जानकारी गराउने निर्णय समेत गरेको छ ।

    जिल्ला शिक्षा अधिकारी कर्णबहादुर कँुवरको अध्यक्षतामा भएको प्रधानाध्यापकहरुको बैठकले शैक्षिक सुधारमा बृद्धि गर्नको लागि कम्जोर विद्यार्थीको लागि न्यूनतम शुल्कमा थप कक्षा सञ्चालन गर्न विद्यालयलाई अनुमति समेत दिएको छ । यसका साथै जिल्लामा लामो समयदेखी हुन नसकेको शिक्षकहरुको विषयगत दरबन्दी मिलान गर्ने भएको छ । जिल्लामा दरबन्दी मिलान नहुँदा समस्या भएको गुणसो आएपछि विषयगत शिक्षकहरुको दरबन्दी मिलान गर्ने निर्णया भएको हो ।

     

  • २५ पुष २०७४, मंगलवार १८:४६ प्रकाशित
  • Nabintech
    सम्बन्धित