दुर्गा आचार्य
बर्दिया,पौष,२६। कृषिको लागि प्राकृतिक वरदानकोरुपमा बर्दिया जिल्ला भएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले वताएकाछन्। जिल्लामा उत्पादित अन्नवाली,तरकारी,फलफूल लगाएतको परिणमलेनै बर्दियालाई कृषिको लागि प्राकृतिक वरदान सावित गरेको उनको भनाई छ ।सिँचाईको समेत प्रचुर सम्भावना भएका कारण बर्दियाका किसानहरुको भविष्य अत्यन्त उज्वल भएको प्रजिअ भट्टराईले वताएका छन् ।साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजना अन्र्तगत बर्दिया जिल्लामा संचालित उपआयोजना हरुको आर्थिक बर्ष २०७४÷०७५ को प्रगति समिक्षा गोष्ठिीमा भट्टराईले सोकुरा वताएका हुन् । जिल्ला कृषि बिकाश कार्यालय बर्दिया द्धारा आयोजित कार्यक्रममा प्रजिअ भट्टराईले उच्च मनोवलका साथ कृषिमा लागेमा यस क्षेत्रका किसान सफल किसानको रुपमा परितिच हुने समेत वताएका छन् । एशियाली बिकाश बैकको अनुदनामा संचिलित यस साना तथा मझौला कृषक आयस्तर आयोजनाको मूख्य उद्धेश्य महिलाहरुलाई सहभागि गराई कृषक हरुबाट उच्च मूल्य कृषि वस्तु उत्पादन गर्नै रहेकोकृषि बिकाश कार्यालय बर्दियाका बरिष्ठ कृषि बिकाश अधिकृत प्रशुराम रावतले वताए । यस कार्यक्रमबाट मध्यपशिचम र सुदुर पश्चिम बिकाश क्षेत्रमा कृषि क्षेत्रमा रोजगारीको सृजना भई आयस्तरमा समेत वृद्धिहुने अधिकृत रावतले वताए।यस उपआयोजनाबाट कृषिमा व्यवसयीककरण,दिर्घकालिन रुपमा उत्पादन तथा सिमान्कृत कृषक हरको आयस्तरमा प्रत्यक्ष प्रभाव पुग्ने उनको दावी छ । ।साना ताथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको अनुदान सहयोगमा जिल्लामा संचालित उपआयोजनाका वारेमा उपआयोजना अनुगमन अधिकृत रचना ढकालले जानकारी गराएकि थिईन्।