एजेन्सी । शिवपुराणको अनुसार शिव पूजामा फूलपात चढाउनुको विशेष महत्व छ । शिवलिङ्गमा बेलको पातसँगै समीको पात पनि चढाएमा धन र सौभाग्य प्राप्त हुने गरेको बताइको छ ।विधिपूर्वक शिव पूजा गरेमा घरको गरिबी हट्ने आस्था वर्षौदेखि कायमै छ । यसका लागि प्रत्येक बिहान शिवलिङ्गमा ॐ नम शिवायः मन्त्र जप्दै तामाको लोहोटामा गंगाजल या अन्य चोखो पानीमा गंगाजल मिसाएर र चामल, सेतो चन्दन अर्पित गर्नुपर्छ । पानी चढाईसके पश्चात शिवलिङ्गमा चामल, बेलपत्र, सेतो कपडा र मिठाइको साथमा समीको पात पनि चढाउनुपर्छ । समीको पात चढाउँदा यी मन्त्र जप्दा तपाईको भाग्यबाट गरिबी हटेर सौभाग्यले प्रवेश पाउने कुरा शिवपुराणमा उल्लेख छ(
अमंगलानां च शमनीं शमनीं दुष्कृतस्य च।
दुस्स्वप्रनाशिनीं धन्यां प्रपद्येहं शमीं शुभाम्।।
‘यी मन्त्र जप्दै समीको पात चढाएपछि शिवलिङ्गमा धूप, दियो र कपूरले आरती गर्नुपर्छ र अन्त्यमा प्रसाद ग्रहण गर्नुपर्छ,’ शिवपुराणमा उल्लेख छ ।