मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कोहलपुर जेसिसले थुनुवा बन्दीहरुलाई कम्मल वितरण
  • मार्गरेखा संवाददाता

  •  

     

    कोहलपुर/  कोहलपुर जेसिसले बिहिबार ईलाका प्रहरी कार्यालय कोहलपुरमा रहेका थुनुवा बन्दीहरुलाई कम्मल वितरण गरेको छ ।

    ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक यज्ञ प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कोहलपुर जेसिस वर्ष २०१८ का अध्यक्ष वुद्धि थापा , कार्यकारी उपाध्यक्ष संगिता सुवेदी ईलाका प्रहरी कार्यालयका प्रमुख यज्ञ प्रसाद भट्टराई लगायतले थुनुवा बन्दीहरुलाई न्यानो कम्मल वितरण गरेका थिए ।

    कार्यक्रममा पत्रकारहरुको तर्फकाट पत्रकार भीम रावतले थुनुवा बन्दीहरु कुनै अभियोजनमा आरोप लागेर प्रहरी अनुसन्धानमा रहेका व्यक्तिहरु भएको र उनीहरुलाई प्रहरी प्रशासन र समाजका अन्य व्यक्ति वा संघ –संस्थाहरुले गर्ने सकारात्मक सहयोगले थुनुवाहरुलाई समेत आफ्नो आचरण र व्यवहारमा सुधार गर्ने प्रेरणा मिल्ने बताए ।

    ईलाका प्रहरी कार्यालयका प्रमुख यज्ञ प्रसाद भट्टराईले कसैले जाहेरी वा अजूरी दिएमा प्रहरीले अनुसन्धानका लागि कुनै नागरिकलाई पक्रेर थुन्दैमा त्यो अपराधी नहुने बताउदै त्यस्तो अवस्थामा रहेका थुनुवाहरुको बारे अपराधी शब्द प्रयोग गर्न नहुने सुझाव दिए ।

    जेसी हेम राज खनालले मानव हित नै सर्वोत्म धर्म हो भन्ने जेसिसको मुल मर्मलाई कोहलपुर जेसिसले आत्मसाथ गरेकोमा प्रशंसा गर्दै थुनुवा बन्दीहरुलाई कम्मल वितरण गरेर जेसिसले पुन्य काम गरेको बताए ।

    केही दिन अघि मात्र सम्पन्न भएको कोहलपुर जेसिसको वर्ष २०१८को अधिवेशनले वुद्धि थापाको नेतृत्वमा नयाँ कार्यसमिति प्राप्त गरेको हो । कोहलपुर जेसिस वर्ष २०१८का कार्यकारी उपाध्यक्ष संगीता सुवेदीले कोहलपुर ईलाका प्रहरी कार्यालयमा आकस्मिक रुपमा ल्याइने थुनुवाहरुलाई जाडोमा उनीहरुलाई आवश्यक पर्ने न्यानो कम्मल उपलब्ध गराएकी हुन ।

    कम्मल वितरण कार्यक्रममा पत्रकारहरु, जेसिहरु सुुुक्षाकर्मी तथा अन्य व्यवसायीहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रम कोहलपुर जेसिस वर्ष २०१८ का अध्यक्ष वुद्धि थापाको अध्यक्षता तथा जेसि जयसिंह के.सी.को सञ्चालनमा सम्पन्न भएको थियो ।

  • २८ पुष २०७४, शुक्रबार ०७:५५ प्रकाशित
  • Nabintech
    सम्बन्धित