मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा बष्ठि पत्रकार गंगाधर पराजुली
  • मार्गरेखा संवाददाता

  • काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा नेपाल पत्रकार महासंघ तथा नेपाल प्रेस युनियनका पूर्व उपाध्यक्ष गंगाधर पराजुली नियुक्त भएका छन् । मन्त्रीपरिषदको शुक्रवारको बैठकले पराजुलीलाई आागमी चार वर्षको नियुक्त गरेको हो । पोखरामा रहेर पत्रकारितामा क्रियाशील पराजुली करिब २५ वर्ष पत्रकारिता पेशा र पत्रकारिताको राजनीतिमा निरन्तर सक्रिय छन् ।

    पराजुलीले नेपाली पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघ र लोकतन्त्रवादी पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको केन्द्रीय समितिका उपसभापति र उपाध्यक्ष भएर काम गरिसकेका छन् ।

    २०६२/०६३ को जनआन्दोलन ताका पत्रकार महासंघको केन्द्रीय उपसभापतिका रुपमा क्रियाशील थिए । गोरखापत्र दैनिक र गोरखापत्र संस्थानका प्रकाशनहरु , कान्तिपुर दैनिक तथा कान्तिपुर पव्लिकेशनका प्रकाशनहरुका साथै नेपाल टेलिभिजन, नेपाल समाचार पत्र लगायत राष्ट्रिय संचारमाध्यममा लामो समय सक्रिय पत्रकारिता गरिसकेका छन् ।

  • २८ पुष २०७४, शुक्रबार १६:३७ प्रकाशित
  • Nabintech
    सम्बन्धित