मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

राप्ती बहिरा संघले सिफारिसको दुरुपयोग हुदा तुलसीपुर उद्योग वाणिज्य संघको गम्भिर आपत्ति
  • मार्गरेखा संवाददाता

  •  

    शरद रेग्मी
    पौष २८ तुलसीपुर
    तुलसीपुर उद्योग वाणिज्य संघवाट केही दिन अगाडी राप्ती बहिरा संघले लगेको सहयोग सन्दर्भको सिफारिस पत्रको दुरुपयोग भएको वताएको छ । राप्ती वहिरा संघले संचालन गरेको आवास गृहमा रहेका वालवालीकाहरुलाई सहयोग गरि दिनु हुन भन्ने व्यहोराको सिफारिसको दुरुपयोग भएको भन्दै आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
    राप्ती वहिरा संघले लगाउन लागेको भनिएको महोत्सवमा तुलसीपुर उद्योग वाणिज्य संघको अनुमति छ भनि झुक्याएको हुंदा आम व्यवसायीहरुलाई सचेत रहन आग्रह गरिएको छ । हामीले तुलसीपुरमा मेला लाग्नु हुदैन भनि तमाम व्यवसायी साथीहरुको असहमति रहदै आएको विषयमा आफु्हरु गम्भिर रहेको संघका अध्यक्ष विर वहादुर रावतले जानकारी दिनु भयो । अध्यक्ष रावतका अनुसार यस क्षेत्रका तमाम व्यवसायीहरुको हकहित र संरक्षण गर्नु आफ्नो पहिलो कर्तव्य रहेको भन्दै आगामी दिनमा तुलसीपुर उद्योग वाणिज्य संघको क्षेत्राधिकार भित्र आफूहरुको सहमति विना कुनै पनि मेला महोत्सव संचालन गर्न नदिने निर्णय समेत भएको छ ।
    तमाम व्यवसायीहरुको गुनासोलाई संवोधन गर्न शुक्रवार आकस्मिक बैठक समेत वोलाइएको छ । बैठकमा सहभागि अधिकांस व्यवसायीहरुले तुलसीपुरमा मेला महोत्सव लाग्दा यस क्षेत्रको ठूलो रकम वाहिर जाने र व्यवसायीहरु झण्डै दुई महिना सम्म घाटामा घर भाडा तिर्नु पर्ने समस्या भोग्नु परेको भन्दै तत्काल तुलसीपुरमा लाग्ने भनिएको मेला रोक्नु पर्ने दवाव दिएका छन् । उनीहरुले वहिरा संघको मेला ठेक्कामा जाने र ठूलो रकम तेश्रो पक्षले यहांवाट संकलन गर्ने योजनामा रहेको समेत प्रष्ट भएको हुंदा आफुहरु जुनसुकै हालतमा पनि मेला रोक्न लागी पर्ने चेतावनी समेत दिएका छन् । यता तुलसीपुर उद्योग वाणिज्य संघले पटक– पटकको छलफलमा राप्ती वहिरा संघलाई आफूहरुले सहयोग गर्ने प्रतिवद्धता जनाएको संघका निवर्तमान अध्यक्ष विमल रिजालले जानकारी दिनु भयो । उहांले भन्नु भयो मेला महोत्सव भन्दा अन्य श्रृजनात्मक काम गर्नुहोस हामी वहिरा संघको भवन निर्माण गर्दा सहयोग गर्न तयार छौं । साथै उहांले भवन निर्माणमा व्यवसायीहरुको पूर्ण सहयोग रहने र मेलावाट आउने रकम भन्दा वढी रकम आफरुहरु समेतले प्रदान गर्ने वचन समेत दिएको प्रष्ट पार्नु भयो ।
    बैठकमा संघका पुर्व अध्यक्ष हेमन्त कुमार रिजालले नेपाल सरकार र नेपाल उद्योग वाणिज्य महासंघ विच मेला महोत्सव संचालनमा स्थानिय उद्योग वाणिज्य संघको अनुमति अनिवार्य हुनु पर्ने लिखित संझौता भएको भन्दै राप्ती बहिरा संघलाई मेला महोत्सव गर्ने कुनै अनुमति र आधिकारिकता नभएको प्रष्ट पार्नु भयो । बैठकमा व्यवसायीहरु नरेशराज भण्डारी, विमल पौडेल, कानूनी सल्लाहकार प्रवीण लम्साल, प्रेस सल्लाहकार शरद रेग्मी, उपाध्यक्ष ललित जंग शाह , मिनराज भण्डारी, रुपेश शर्मा, निर्मल पौडेल, सचिन पौडेल, यज्ञ वहादुर के.सी.,दुर्गा प्रसाद भुसाल, वसन्त कुमार खड्गी, तिर्थ वहादुर डांगी लगायतले वोल्नु भएको थियो । यस अघि तुलसीपुर उद्योग वाणिज्य संघमा गठित विभिन्न २१ वटा उपसमितिहरुले लिखित रुपमा तुलसीपुरमा ह्ुन लागेको महोत्सव रोक्न वाणिज्य संघमा ज्ञापन पत्र वुझाएका छन् । महोत्सव रोक्न व्यवसायीहरु धर्ना, आमहडताल र बैधानिक वाटोको अवलम्वन समेत गरी कुनै पनि क्लव र संघसंस्थाले व्यापारिक महोत्सव लगाउन नपाउने हुंदा त्यसको खुलेर विरोध गर्ने व्यवसायीहरुले वताएका छन् ।
    महोत्सव रोक्न आम व्यवसायीहरुले व्यापक दवाव दिए पछि तुलसीपुर उद्योग वाणिज्य संघले महोत्सव रोक्नु पर्ने भन्दै स्थानिय निकाय तुलसीपुर उपमहानगरपालीका, पांच नम्बर वडा कार्यालय, तुलसीपुर नगरविकास समिति र जिल्ला प्रशासन कार्यालय दाङमा पत्राचार समेत गरिएको संघका महासचिव रुप वहादुर खत्रीले जानकारी दिनु भयो ।

  • २८ पुष २०७४, शुक्रबार १९:३५ प्रकाशित
  • Nabintech
    सम्बन्धित