कोेहलपुर,३० पुस/ नेपाल सरकारका सिचाई मन्त्री संजय गौतमले देश अब आर्थिक क्रन्तिको बाटोमा अग्रसर भएको बताएका छन ।
शनिबार कोहलपुर उद्योग वाणिज्य संघका पदाधिकारी तथा जनप्रतिनिधीहरु संगको भेटघाटमा उनले यस्तो बताएका हुन ।भेटघाट कार्यक्रममा बोल्दै मन्त्री गौतमले आफु बाँके र बर्दियाको विकास निम्ति पनि कटिबद्घ रहेको बताए ।
कार्यक्रममा कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रबहादुर अधिकारीले आगामी माघ २६ गते देखी कोहलपुर उद्योग बाणिज्य संघको आयोजनमा कोहलपुर उद्योग व्यापार तथा पर्यटन महोत्सव आयोजना गरिन लागेको र त्यसको तयारी बारे जानकारी गराएका थिए ।
यसै बिच शनिबार कोहलपुर उद्योग वाणिज्य संघका प्रतिनिधी र कोहलपुर नगरपालिका १५ वटै वडाका वडा अध्यक्षहरु र कार्यपालिका सदस्य संग महोत्सवलाई सफल पार्न विषयमा छलफल गरिएको छ ।
छलफलमा सहभागीहरुले महोत्सवलाई भव्य रुपमा सफल पार्न आ—आफ्नो क्षेत्रबाट लाग्ने प्रतिबद्धता जनाएको कोहलपुर उद्योग बाणिज्य संघका महासचिव तथा महोत्सवका प्रवक्ता तेज प्रसाद अधिकारीले जानकारी दिए ।