मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

प्रादेशिक महोत्सव महोत्सव ऐतिहासिक हुन्छ नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य
  • मार्गरेखा संवाददाता

  •  

    नेपालगञ्जमा संचालन हुने प्रादेशिक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । यहि माघ ११ देखि २२ गतेसम्म नेपालगञ्ज स्थित सडक डिभिजन कार्यालय परिसरमा संचालन हुने महोत्सव ऐतिहासिक हुने नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य बताउँछन ।
    पहिलो पटक बाँकेको नेपालगञ्जमा संचालन हुन गईरहेको महोत्सव यसअघिका महोत्सव भन्दा पृथक हुने अध्यक्ष वैश्यले दावी गरे । ऐतिहासिक नगरी नेपालगञ्जमा प्रादेशिक महोत्सव संचालन हुनु आफैमा गौरवको कुरा भएको उल्लेख गर्दै महोत्सव मुल आयोजक समितिका संयोजक समेत रहेका वैश्यले यस पटकको महोत्सव ऐतिहासिक हुने दाबी समेत गरे ।
    ५, ६ र ७ नम्बर प्रदेशको मुख्य प्रवेशद्धारका रुपमा रहेको नेपालगञ्ज ब्यापारीक दृष्टिकोणले पश्चिम नेपालको हबका रुपमा स्थापित हुँदै गएको जिकिर गर्दै वैश्यले महोत्सव संचालनसँगै यस क्षेत्रको आर्थिक गतिशिलताले थप तिब्रता पाउने विश्वास ब्यक्त गरे ।
    महोत्सवमा ब्यापारीहरुको उल्लासमय सहभागीता रहने नेपालगञ्ज उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष तथा स्टल बुकिङ उपसमिति संयोजक अब्दुल वाहिद मन्सुरीले बताए । महोत्सवमा निश्चित स्टल राख्ने प्रावधानका कारण सबै ब्यवसायीलाई समेट्न समस्या भईरहेको बताउँदै मन्सुरीले महोत्सवका लागी आवश्यक सबै ३ सय स्टलहरु बुकिङ्ग भईसकेको जानकारी दिए ।

     

  • २ माघ २०७४, मंगलवार १९:२८ प्रकाशित
  • Nabintech
    सम्बन्धित