मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बालवालिकाहरु समाज र देशको भविष्य भएकाले सुनौलो भविष्य सुनिश्चित गर्न बालसंरक्षण गर्ने नेपालगन्ज उपमहनगरपालिका प्रतिबद्ध रहेको नेपालगन्ज उपमहानगरपालिका उप मेयर उमा थापा
  • मार्गरेखा संवाददाता

  •  

    नेपालगन्ज । आफ्नो वडा भित्र रहेका बालवालिकाहरुको संरक्षण तथा बालश्रम न्यूनीकरणमा प्रतिबद्ध भएर लाग्ने एक कार्यक्रमका बिच वडा अध्यक्षहरुले प्रतिबद्धता गरेका छन् ।
    नेपालगन्ज उपमहानगरपालिकाको आयोजना, युनिसेफको सहयोग तथा बास नेपालगन्जको सहजिकरणमा आज नेपालगन्जमा आयोजित जन प्रतिनिधिहरुकालागि बालसंरक्षण तथा बालश्रम न्यूनीकरण बिषयक एक दिने अभिमुखिकरण तालिममा सहभागि जनप्रतिनिधिहरुले यस्तो प्रतिबद्धता गरेका हुन । कार्यक्रममा बोल्दै कार्यक्रमकी प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाकी उप प्रमुख उमा थापामगरले बालवालिकाहरु भविष्य भएकाले सुनौलो भविष्य सुनिश्चित गर्न बालसंरक्षण आवश्यक पर्ने बताईन् । उनले आफ्नो वडामा बालवालिका जोखिममा छन् वा छैनन् त्यसको जानकारी वडा कार्यालयले राख्नुपर्ने भन्दै बालसंरक्षण र बालश्रम न्यूनीकरण कार्यक्रमलाई पूर्ण रुपले सफल पार्न अनुरोध गरिन् । सबै वडाहरु बालमैत्री घोषणा भएमा मात्रै नगर घोषणा सम्भव हुने भन्दै सबैको सक्रियता जरुरीरहेको उनको भनाई थियो । कार्यक्रममा वडा अध्यक्षहरुको तर्फबाट बोल्दै वडा नं. १० का वडा अध्यक्ष बिन्दु भुषण बस्नेतले कार्यक्रम सम्पन्न गर्न वडाहरु लागि पर्ने प्रतिबद्धता गरे । हाल सम्म विभिन्न काणले बालवालिकाको क्षेत्रमा अपेक्षाकृत नतिजा आउन नसकेको भन्दै अव उप्रान्त प्रभावकारी रुपमा लाग्ने बताए ।
    बासले कार्यक्रम संचालन गर्ने नेपालगन्ज उपमहानगरपालिका वडा नं. १०, ११, १२, १६ र १७ का वडा अध्यक्षहरु, सदस्यहरु र वडा सचिबहरुको सहभागिता रहेको अभिमुखिकरणमा बालसंरक्षण तथा बालश्रम न्यूनीकरण कार्यक्रम अन्तरगत संस्थाले गर्ने कार्यक्रमको बारेमा बासका कार्यकारी निर्देशक नमस्कार शाहले प्रश्तुतीकरण गरेका थिए । बासका उपनिर्देशक हेमराज भट्टले सञ्चालन गरेको अभिमुखिकरणमा स्वागत तथा कार्यक्रमको परिचय नेपालगन्ज उपमहानगरपालिकाका सामाजिक बिकास अधिकृत कृष्ण प्रसाद जोसीले गरेका थिए । अभिमुखिकणमा बालश्रम, कानुनी प्रावधान तथा युनिसेफको अभियान लगायतका बिषयमा युनिसेफ नेपालगन्जमा बाल संरक्षण अधिकृत राजु खनाल र बालमैत्री स्थानिय शासन, बालवालिकाको स्थिती पत्रका बिषयमा बिर बहादुर हमालले सहजिकरण गरेका थिए । कार्यक्रम लक्षीत ५ ओटै वडाका जनप्रतिनिधिहरु, वडा सचिबहरु, नगर स्थरीय बाल क्लब संजालकी अध्यक्ष, संघ सस्थाका प्रतिनिधि गरि ४० बढीको सहभागिता रहेको अभिमुखिकरणको धन्यबाद ज्ञापन सहित समापन बासका अध्यक्ष मन भण्डारीले गरेका थिए ।

    हेमराज भट्ट
    सुचना अधिकारी, बास

     

  • ४ माघ २०७४, बिहीबार ०७:२३ प्रकाशित
  • Nabintech
    सम्बन्धित