अधिकांश मानिस मोबाइल प्रयोग गर्छन् । तर यी मध्य केही यस्ता मानिस छन्, जसले राती सुत्नुअघि या अँध्यारोमा निकै लामो समय सम्म मोबाइल प्रयोग गर्छन् । यसले आँखा र मस्तिष्कमा निकै नकारात्मक असर पार्छ ।
यस सम्बन्धि कयौँ रिसर्च र अध्ययन पनि भैसकेको छ, जसमा यो सावित भएको छ कि अँध्यारोमा मोबाइलको स्क्रिनमा काम गर्दा कति खतरनाक छ ।
रिसर्च र अध्ययनको आधारमा आज हामी चर्चा गर्दैछौँ कि अँध्यारोमा मोबाइल प्रयोग गर्नुको ९ नकारात्मक असरको बारेमा जुन यस्ता छन् ।
१-आँखाको रोशनी कमजोर हुनु
राती सुत्नुअघि मोबाइलको प्रयोग गर्दा आँखाको रेटिनामा खराब असर पर्न सक्छ । यसबाट आँखाको रोशनी कमजोर हुनसक्छ ।
२-निन्द्राको कमी
राती सुत्नुअघि मोबाइल प्रयोग गर्दा शरीरमा मेलाटोनिन हार्मोनको स्तर कम हुनथाल्छ । यसको कारण निन्द्रा ढिलो लाग्ने समस्या हुनसक्छ ।
३-तनाव बढ्नु
अबेर रातीसम्म मोबाइल प्रयोग गर्नाले मेलाटोनिन हार्मोनको स्तर कम हुन्छ । यसबाट तनाव बढ्न सक्छ ।
४-मस्तिष्कमा असर
अबेर रातीसम्म मोबाइल प्रयोग गर्दा ब्रेन ट्यूमरको खतरा बढ्न सक्छ । यसबाट स्मरण शक्ति कमजोर हुनसक्छ ।
५-थकान
राती बढी समय सम्म मोबाइल प्रयोग गर्दा निन्द्रा पुरा हुँदैन, जसको कारण दिनभरि थकान महसूस हुन्छ ।
६-ग्लूकोमा
अबेर रातीसम्म मोबाइल प्रयोग गर्नाले मस्तिष्क सम्म सिग्नल जाने ओप्टिक तन्त्रिकामा नकारात्मक असर पर्छ । यसबाट ग्लूकोमा को समस्या हुनसक्छ ।
७-फोकसिंग मसल्समा असर
राती लामो समय सम्म मोबाइलको प्रयोग गर्दा आँखाको फोकसिंग मसल्समा नकारात्मक असर पर्न सक्छ । यसबाट कुनै पनि चिजमा फोकस गर्न निकै कठिन हुन्छ ।
८-आँखा रातो हुनु
राती बढी समय सम्म मोबाइल या ट्याबलेट प्रयोग गर्दा यसको प्रकाशले आँखा रातो हुने समस्या उत्पन्न गर्न सक्छ ।
९-डार्क सर्कल्स
राती अबेर सम्म मोबाइल प्रयोग गर्नाले आँखामा तनाव रहन्छ, जसको कारण डार्क सर्कल्सको समस्या उत्पन्न हुनसक्छ