दुर्गा अचार्य
बर्दिया,माघ,५। सरकारले ५ नम्वर प्रदेशको अस्थाई राजधानी वुटवलको रुपन्देही लाई तोकेपछि बर्दियाका प्रदेश सभासदहरुले विरोध जनाएका छन् । नेकपा एमाले र माओवादी केन्द्रवाट निर्वाचित जिल्लाका चारवटै निर्वाचन क्षेत्रवाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य तिलक शर्मा ‘हिमाल’, कविराम थारु, कुलप्रसाद पोखरेल र दिपेश थारुले बिहिवार सदरमुकाम गुलरियामा पत्रकार सम्मेलन गरी सरकारको निर्णयको विरोध गरेका छन् ।जिल्लाको उपयुक्त पायक पर्ने स्थान दांगलाई नतोकी अपायक स्थानमा तोकिएकोले सो निर्णय तुरुन्त सच्याउन सरोकारवाला निकायसंग उनिहरुले माग गरेका हुन ।
सरकार आफैले गठन गरेको कार्यदलको सिफरिसलाई बेवास्ता गर्दै आम जनताको भावना विपरित संघियतालाई कमजोर पार्ने र अस्थिरता ल्याउने भावनावाट प्रदेश केन्द्र तोकिएको बर्दिया प्रदेश सभा १ (ख) का प्रदेश शाभा सदस्य तिलकराम शर्मा (हिमाल)ले वताए ।
सरकारले गरेकोसो कार्यको भत्र्सना गर्दै बर्दियावासीलाई आन्दोलनका लागि तयारी रहन समेत प्रदेश सभा सदस्य तिलकराम शर्माले आब्हान गरेका छन् । उनीहरुले संयुक्त प्रेस विज्ञप्ती प्रकाशित गरी प्रदेशको अस्थायी केन्द्र तोक्ने निर्णय नसच्याईए प्रदेश नम्वर ५ को विकल्प खोज्न बाध्य हुने बताएका छन् ।