मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेको राप्तीसोनारी गाउँपालिकामा बिभिन्न कार्यक्रम संचालन गर्न त्रिपक्षीय सम्झौता
  • मार्गरेखा संवाददाता

  •  

    सिराज खान
    नेपालगन्ज, ५ माघ । राप्तीसोनारी गाउँपालिकामा शैक्षिक, स्वास्थ्य, आयमूलक र राहात वितरण लगायत अन्य बिभिन्न कार्यक्रम संचालन गर्नका लागि गाउँपालिका, सेभ द चिल्ड्रेन र बाँके युनेस्को क्लबबिच त्रिपक्षीय सम्झौता गरिएको छ ।
    स्थानीय सरकारको सहमति, अनुमति र जानकारीमा मात्रै गैर सरकारी संघ संस्थाले बिभिन्न काम गर्न पाउने कानुनी ब्यबस्था भएको कारण राप्ती सोनोरी गाउँपालिकामा विभिन्न कार्य गर्नका लागि सो त्रिपक्षीय लिखित सम्झौतानै गरिएको छ ।
    ५ बर्षसम्म तीनवटै संस्थाको सहकार्यमा सो गाउपालिकामा बिभिन्न प्रकारका र्काक्रमहरु संचालन गर्नेगरी सम्झौता गरिएको राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले बताउनु भयो ।
    उहाँले सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबले बिभिन्न कार्यक्रम गर्ने र ती सबै कार्यक्रममा गाउँपालिकाले पनि हरेक प्रकारको सहयोग गर्ने गरी सम्झौता गरिएको जनाउनु भयो ।
    यो सम्झौताले अब सो गाउापालिकाको बजेट, कार्यक्रम बनाउन पनि सहज पारेको उहाँको भनाई छ ।
    बाँके युनेस्को क्लबले उक्त गाउँपालिकामा बाढी पिडितहरुका लागि गाउँपालिकाको सहयोग र समर्थनमा विभिन्न परियोजना संचालन गर्दै आएकोमा अबदेखि सम्झौतानै गरेर दिर्घकालिन रुपमा काम गर्ने वातावरण बनेको बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकीले बताउनु भयो ।
    उहाँले क्लबले जिल्लाभरी आफ्ना सबै कार्यक्रम संचालन गर्दा, निरिक्षण अनुगमन गर्दा र फेज आउट गर्दा स्थानीय सरकारलाई सहभागि गराएर गर्दै आएकोमा अबदेखि ५ बर्षे सम्झौता नै गरेर गर्ने योजना बनाई शुरु समेत गरेकोले त्यहाँ संचालित कार्यक्रमले समय सकिएपछि पनि निरन्तरता पाउने बताउनु भयो ।
    सो त्रिपक्षीय सम्झौता पत्रमा राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारु, बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकी र सेभ द चिल्ड्रेनका कार्यक्रम अधिकृत प्रेम चन्दले हस्ताक्षर गर्नु भएको छ ।
    क्लबले यसअघिनै आफ्नो संस्थागत संरचनालाई परिवर्तन गरेर जिल्लाका ८ वटै स्थानीय तहमा स्थानीय सरकारसंग समन्वय गर्नका लागि फोकल पर्सन नियुक्त गरिसकेको छ भने राप्तीसोनारी र डुडवा गाउँ पालिकामा सम्पर्क कार्यालयनै स्थापना गरिसकेको छ ।

  • ५ माघ २०७४, शुक्रबार १२:३३ प्रकाशित
  • Nabintech
    सम्बन्धित