मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

प्रदेश राजधानीको माग गर्दै नेपालगन्जमा प्रर्दशन फोटो फिचर सहति
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज-प्रदेश नम्बर पाँचको राजधानी नेपालगन्जलाई घोषणा गर्नुपर्ने माग गर्दै नेपालगन्जमा शुक्रबार प्रर्दशन गरिएको छ । प्रर्दशनमा बाँकेबाट निर्वाचित सांसद, बिधायक, राजनीतिक दल, नागरिक समाज, व्यापारी, उद्योगी लगायतको सहभागि भए । बार एशोसियशनको प्राङ्गनबाट निस्किएको बिरोध रयाली सदरलाईन, त्रिभुनव चोक, घरबारीटोल, धम्बोझी चोक हुदै विपी चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । कोण सभालाई सम्बोधन गर्दै बाँके प्रतिनिधि सभा सांसद मोहम्मद ईस्तियाक राईले नेपालगन्जलाई प्रदेश नम्बर ५ को राजधानी घोषणा नगरिए आठौं प्रदेशको जन्म हुने चेतावनी दिए ।

    उनले भने, ‘राज्यको अवैज्ञानिक निर्णय अस्वीकार गर्दै असहयोग आन्दोलन गर्न बाध्य हुनेछौं, राज्य समयमै सचेत नभए जस्तो सुकै मुल्य चुकाउन पनि तयार हुनेछौं ।’ सरकारी निर्णयको बिरोधमा घर–घरमा कालोझण्डा राख्न बाँकेबासीलाई सांसद राईले आग्रह गरे । प्रदेश सभा सदस्यद्धय सुरेन्द्र हमाल र आईपी खरेलले नेपालगन्जलाई प्रादेशिक राजधानी कायम नगरे पाँच नम्बरबाट बाँके जिल्ला अलग हुने ठोकुवा गरे । सो क्रममा नेपाल बार एशोसियशनका केन्द्रिय उपाध्यक्ष शालिकराम सापकोटा, नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवलसम्शेर राणा, एमाले बाँकेका उपाध्यक्ष निरक गुरुङ, ईन्जिनियर एशोसियशन बाँकेका निमेश शर्मा, पापड बाँके एवम् उच्च अदालत बार एशोसियशन नेपालगन्जका अध्यक्ष बलबहादुर चन्द लगायतले सम्बोधन गरेका थिए । प्रर्दशन शान्ति र लोकतन्त्रका लागी पेशागत सञ्जाल (पापड) बाँकेको अगुवाईमा गरिएको हो ।

  • ५ माघ २०७४, शुक्रबार १५:५७ प्रकाशित
  • Nabintech
    सम्बन्धित