मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

डोटीमा प्रहरी र प्रदर्शनकारीबीच झडप, दर्जनौं घाइते प्रदर्शनकारी जिल्लास्थित सरकारी कार्यालयहरुमा कालो झण्डा
  • मार्गरेखा संवाददाता

  • माघ ५  डोटी । प्रदेश ७ को अस्थायी मुकाम माग गर्दै डोटीको सिलगढीमा भएको प्रदर्शनमा प्रहरी र आन्दोलनकारीबीच झडप भएको छ । झडपमा दुबैतर्फ गरी तीन दर्शन घाइते भएका छन् ।
    जिल्ला प्रशासन कार्यालय अगाडि कोणसभा भइरहेका बेला प्रदर्शनकारीले कार्यालयको सुरक्षाका लागि खटिएका प्रहरीमाथि ढुङ्गा प्रहार गरेपछि झडप भएको हो । झडपका क्रममा प्रहरीले लाठी चार्ज गर्दै दजनौं सेल अश्रुग्यास प्रयोग गरेको छ ।
    झडपमा एमाले डोटीका अध्यक्ष चक्र मल्लसहित दुई दर्जन प्रदर्शनकारी घाइते भएका छन् । आफहरुको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले एकाएक अश्रुग्यास हानेको प्रदर्शनकारीको आरोप छ ।
    तर, जिल्लाका प्रहरी प्रमुख एसपी मधुशुदन लुइटेलले भने सुरक्षामा खटिएका प्रहरीमाथि ढुङ्गा प्रहार भएपछि आत्म सुरक्षाका लागि अश्रुग्यास हान्नु परेको बताए । उनले भने, ‘हामीले संयमता अपनाएका थियौं तर, प्रहरीमाथि एकोहोरो आक्रमण भएपछि प्रतिरक्षा त गर्नुपर्‍यो ।’
    झडपमा परी प्रहरीतर्फ दुई जना सख्त घाइते भएको र उनीहरुलाई अस्पताल भर्ना गरिएको लुइटेलले जानकारी दिए । ‘एक जनाको कानबाट रगत बगिरहेको छ, एक जनाको खुट्टा फ्याक्चर भएको छ’ उनले भने, ‘अन्य प्रहरीहरु सामान्य घाइते भएका छन् ।’
    प्रहरीले बाटोमा हिँडिरहेका सर्वसाधारण समेतलाई लाठी चार्ज गरेको प्रदर्शनकारीको आरोप छ । तर, प्रहरी प्रमुख लुइटेलले भने यो आरोप अस्वीकार गरे । भीड तितरबितर गर्न लाठी चार्ज गरेको भन्दै उनीले भने, ‘बस्ती बस्तीबाटै लुकेर प्रहरीलाई ढुङ्गा प्रहार भएपछि प्रहरीले अश्रुग्यास छोडेको हो ।’
    सरकारी कार्यालयमा कालो झण्डा
    प्रदर्शनकारीले जिल्लास्थित सरकारी कार्यालयहरुमा कालो झण्डा गाडेका छन् । केही कार्यालयको साईन बोर्ड तोडफोड भएको छ भने प्रदर्शनकारीले ढुङ्गा प्रहार गरी जिल्ला प्रहरी कार्यालय डोटीमा रहेको नागरिक सहायता कक्षमा क्षति पुर्‍याएका छन् ।
    प्रदर्शनकारीले क्षेत्रीय प्रशासन कार्यालय दिपायल लगायतका सरकारी कार्यालयहरुलाई मानव साङ्लोले घेरेका थिए । डोटीको गाउँगाउँबाट आएका प्रदर्शनकारीहरुले मानवसाङ्लो बनाउँदै क्षेत्रीय कार्यालयहरु घेराउ गरेका हुन् ।

  • ५ माघ २०७४, शुक्रबार १८:५१ प्रकाशित
  • Nabintech
    सम्बन्धित