मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

खजुरा महोत्सवमा बर्दिले दर्शक रुवाए
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज ०६ माघ । माघ ३ देखि सन्चालन भैरहेको मुसवेटवा बाबा तथा खजुरा महोत्सवमा शनिबार लोक तथा दोहोरी गायक बर्दि पंगेनिले दर्शक रुवाएका छन । करिव दश हजार दर्शकको उपस्थीतीमा बर्दिले आमा घरमा आउदिन बोलको गित गाएर सुरुमै उपस्थित दर्शकलाई रुवाए । मन्द बोलि सगै मन्चको तल आएर पंगेनिले आमाहरुको मन छुने गित गाए । गत वर्ष पनि खजुरा महोत्सबमा आएर गायक पंगेनिले आमाहरु रुवाएका थिए । सुरुमा भावुक गित गाएर दर्शक रुवाएका पंगेनिले रातो पछेउरी गित गाएर नचाए । अत्याधिक चिसोमा पनि उपस्थीत दर्शक नाचेर माहोल तताएका थिए । झण्डै एक दर्जन गित गाएर खजुरा महोत्सवमा आएका दर्शकलाई दर्शकलाई साझै सम्म बस्न बाध्य बनाए । बर्दिको गित सगै झुमेका दर्शकले महोत्सव अत्याधिक सफल बनेको प्रतिक्रिया दिए । मौसमको प्रतिकुलताका कारण अन्य कलाकार आउन नपाएपनि बर्दिले कुनै पनि कमि हुन नदिएको आयोजकले प्रतिक्रिया दिएका छन । महोत्सब सगै मुसवेटवा बाबाको मजारको अन्तराष्ट्रीय प्रचार प्रसारमा मदत पुगेको महोत्सवका संम्योजक तिलकविर सुनारले बताए । कृषि, पर्यटन, सास्कृतिक एवं ऐतिहासिक धार्मिक मुसवेटवा बाबाको प्रवद्र्धनको उद्देश्यले महोत्सव आयोजना गरीएको महोत्सवमा स्टलहरु भरीभराउ रहेकाले पनि दर्शक आउने क्रम बढ्दै गएको आयोजकले जनाएको छ । आयोजक आधुनिक युवा सञ्जाल खजुराका अध्यक्ष सुनारले महोत्सवबाट प्राप्त हुने मुनाफा मुसवेटवा बाबाको मजारको मर्मतका लागी खर्च गरिने जनाए । महोत्सवमा १ सय ५० वटा मुख्य स्टलहरु रहेपनि अन्य साना स्टलहरु ब्ढ्ने क्रम रहेको सम्योजक सुनारले बताए । महोत्सवमा एक करोड बढी कारोबार हुने र उक्त कारेबारको नजिक पुगिसकेको आयोजकले जनाएको छ । खजुरा गाउँपालिका वडा नम्बर ४ मा रहेको मुसवेटवा बाबाको मजार रहेको स्थानमा लाग्ने मेला माघ १० गते सम्म सन्चालन हुने बताइएको छ । महोत्सवमा एक लाख बढिले अवलोकन गर्ने आयोजकले विस्वास लिएको छ । भोलि आइतबार रमेशराज भट्राई र प्रीति आले प्रस्तुतिकालागी महोत्सबमा आउने सास्कृतिक उप समितिका सम्योजक तिलक गाउलेले जनाए ।

  • ६ माघ २०७४, शनिबार २०:०७ प्रकाशित
  • Nabintech
    सम्बन्धित