मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगन्जका चिडिमार बालबालिकालाई न्यानो कपडा वितरण
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज : अत्याधिक जोडो र सितलहरको कारण चिडिमारटोलका बालबालिकाको अवस्था कष्ठकर हुँदै गएपछि नेपालगन्ज– १२ का चिडीमार बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ ।
    युनिसेफमा कार्यरत कर्मचारी कोषवाट खरिद गरिएको न्यानो कपडा र जुत्ता आईतबार चिडीमार वस्तीमै पुगेर प्रदान गरिएको हो । नेपालगन्ज उप–महानगरपालिका नगर प्रमुख डा।धवल शम्सेर राणा, उप–प्रमुख उमा थापा मगर, वडानं। १२ वडा अध्यक्ष बुद्धि सागर सुवेदी लगायतले चिडिमार बस्तिका ९१ जना बालबालिकाहरूलाई सो कपडा वितरण गरेका हुन । नगर प्रमुख राणाले यूनीसेफका कर्मचारीको मानवीय सेवाले बालबालिकाको जीवनयापनलाई सहज हुने विश्वास व्यक्त गरे ।

  • ८ माघ २०७४, सोमबार ०८:५२ प्रकाशित
  • Nabintech
    सम्बन्धित