३४ करोडको लागतमा निर्माण गरिने सभागृहको नक्सा तयार गरी टेण्डर प्रक्रिया अघि बढाइएको कोहलपुर नगर विकास समितिका अध्यक्ष अवराज खड्काले जानकारी दिनुभयो ।
कोहलपुर रेडक्रस कार्यालय नजिकै रहेको खाली जग्गामा सभागृह निर्माणका लागि औपचारिक प्रक्रिया पूरा गरी यसै महिनाभित्र टेण्डर प्रक्रियामा जाने गरी तयारी भइरहेको खड्काले बताउनु भयो ।
सभागृह निर्माणसँगै यस क्षेत्रमा आयोजना गरिने कार्यक्रम, सभा, सम्मेलन, गोष्ठी लगायतलाई थप व्यवस्थित रुपमा सञ्चालन गर्न मद्धत पुग्ने खड्काले विश्वास समेत व्यक्त गर्नुभयो ।