मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

डिभाईन टेम्पल एकाडेमिमा स्पोर्टस मिट
  • मार्गरेखा संवाददाता

  • शरद रेग्मी
    दाङ माघ ८। डिभाईन टेम्पल एकाडेमि तुलसीपुर ६ गोलौरामा आज स्पोर्टस मिट २०७४ को उदघाटन गरिएको छ । स्पोर्टस मिट कार्यक्रमको उदघाटन खेलकुद बिकास समिति दाङका अध्यक्ष डिल्ली डागिले गर्नु भएको हो । सो अवसरमा बोल्दै प्रमुख अतिथि डागिले बिद्यार्थिहरुको चौतर्फि बिकासका लागी खेलकुद प्रतियोगिताले महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो । उहाँले खेलकुदको माध्यमबाट बालकालिकाहरुको साहस , अनुसाशन र आत्म बिश्वास वढाउन मद्त पुग्ने बताउनु भयो । ्सो अवसरमा बोल्दै एन प्याव्सन दाङका वरिष्ठ उपाध्यक्ष बिमल गौतमले निजी बिद्यालयहरुले पठन पाठनका अतिरिक्त खेलकुद क्षेत्रमा समेत उलेख्य योगदान गरेको बताउनु भयो । गौतमले खेलकुदले बालबालिकाहरुको स्वास्थ्य राम्रो हुने र त्यसले पठन पाठनमा समेत सहयोग पुग्ने भन्दै प्रतियोगितामा सहभागि भै बिजेता वन्न छात्र छात्राहरुलाई सुझाव दिनुभयो ।
    कार्यक्रममा बोल्दै रिपोटर्स क्लव नेपाल दाङका अध्यक्ष शरद रेग्मीले खेलकुदले सवैलाई तन्दुरुस्त बनाउने हुदाँ बिद्यालयले पढाउने मात्रै भन्दा पनी बालबालिकाहरुलाई खेलकुदमा सहभागि बनाउनु पर्नेमा जोड दिनुभयो । रेग्मीले डिभाईन टेम्पल एकाडेमिले समय समयमा खेलकुद प्रतियोगिताको आयोजना गरेर राष्ट्रिय खेलाडि समेत उत्पादन गरेको भन्दै प्रंशंसा गर्नुभयो । बिद्यालयका प्रिन्सिपल भोजराज न्यौपानेको अध्यक्षता दाङ जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष डिल्ली डागिको प्रमुख आतित्थ्यता एवम एन प्याव्सन दाङका वरिष्ठ उपाध्यक्ष बिमल गौतम र रिपोटर्स क्लब नेपाल दाङका अध्यक्ष शरद रेग्मीको विशिष्ट आतित्थ्यतामा भएको स्पोर्टस मिट २०७४ उदघााटन कार्यक्रममा खेलकुद पत्रकार मञ्च दाङका अध्यक्ष लक्ष्मण वस्नेत ,तुलसीपुर नगर जेसीजका अध्यक्ष दिपेश भण्डारि लगाएतकाले बोल्नु भएको थियो । बिद्यालयका खेलकुद शिक्षक आकाश सिहंको स्वागत मन्तब्य वाट शुरु भएको उदघाटन कार्यक्रममा बिद्यालयका छात्र छात्राहरुले बिभिन्न नृत तथा खेलकुद सम्वन्धि प्रस्तुतिहरु देखाएका थिए । आज देखि शुरु भएको खेलकुद प्रतियोगिताको १२ गते समापन गरिने बिद्यालयका प्रिन्सिपल न्यौपानेले जानकारि दिनभयो । स्पोर्टस मिटमा बालकालिकाहरुका लागी सवै खाले प्रतियोगिताको आयोजना गरिएको छ । कार्यक्रमको संचालन बिद्यालयका भाईस प्रिन्सिपल हिमाल कडेलले गर्नु भएको थिया

  • ८ माघ २०७४, सोमबार २०:०७ प्रकाशित
  • Nabintech
    सम्बन्धित