मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

ब्लड क्यान्सरबारे ७ तथ्य
  • मार्गरेखा संवाददाता

  • क्यान्सर रोगको नाम सुन्नासाथ धेरैको मुटु काप्छ । क्यान्सरका विभिन्न रूप हुन्छन्, जस्तैः ब्रेस्ट क्यान्सर, ब्रेन ट्युमर, ब्लड क्यान्सर, लंग क्यान्सर या शरीरका विभिन्न अंगको क्यान्सर । विज्ञानले क्यान्सरको पूर्ण निराकरण सम्भव भएको बताए पनि यसको कुनै ग्यारेन्टी भने हुँदैन । क्यान्सर आफैँमा खतरनाक रोग त हो नै त्यसमध्ये ब्लड क्यान्सर अझ बढी हानिकारक मानिन्छ । यी हुन् ब्लड क्यान्सरबारे सात तथ्य :

    डा. अल्पेस किकानी
    क्यान्सर विशेषज्ञ

    १. जसरी ब्रेन ट्युमरको मुख्य संकेत अत्याधिक टाउको दुखाइ हुन्छ । यसको ठीक उल्टो ब्लड क्यान्सरको सूक्ष्म संकेत भनेको युरिनरी इन्फेक्सन अर्थात् पिसाबको संक्रमण हो । त्यसैले पिसाबमा संक्रमण देखिए यथाशीघ्र जाँच गराउनुपर्छ ।

    २. महिलामा त ब्लड क्यान्सरको मुख्य संकेत नै युरिनरी इन्फेक्सन हो । यसका अलावा योनांंगमा जलन, बाक्लो पिसाब, पिसाबमा रगत पटकपटक देखिएमा पनि क्यान्सर हुनसक्छ ।

    ३. महिलाभन्दा पुरुषमा ब्लड क्यान्सरको सम्भावना बढी हुन्छ । तर, महिलामा
    ब्लड क्यान्सर भएमा मृत्युको सम्भावना अधिक हुन्छ ।

    ४. ब्लड क्यान्सरको कारण फरक— फरक हुन सक्छन् । त्यस्ता कारणमध्ये धुम्रपान पनि एक हो । धुम्रपान क्यान्सरको लागि सबैभन्दा ठूलो खतरा मानिन्छ । धुम्रपान गर्ने महिलामा क्यान्सरको अझ बढी सम्भावना हुन्छ । चुरोटमा भएको टाँक्सिनले क्यान्सरको ट्स्युज बढाउने काम गर्छ ।

    ५. यदि तपाईंको परिवारमा कोही महिला ब्लड क्यान्सरबाट ग्रसित हुनुहुन्थ्यो या हुनुहुन्छ भने अन्य सदस्यलाई पनि यसको सम्भावना सक्छ । किनकि ब्लड क्यान्सर अनुवंशिक रोग पनि हो ।

    ६. जुन महिलामा ब्लड क्यान्सर हुन्छ, उसमा बाँझोपनको सम्भावनासमेत प्रवल हुन्छ, किनभने ब्लड क्यान्सरको उपचार गर्दा महिलाको फर्टिलिटी हर्मोन र अण्डमा नकारात्मक असर पर्छ ।

    ७. ब्लड क्यान्सरको निराकरण यसमा भर पर्छ कि रोग कति फैलिएको छ । रेडिसियन थेरापी, किमोथेरापी र सर्जरीको माध्ययमबाट यसको ट्युमर हटाई उपचार गर्न सकिन्छ ।नयाँ पत्रिकाबाट

  • १० माघ २०७४, बुधबार ०७:४७ प्रकाशित
  • Nabintech
    सम्बन्धित