मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बुम रेमिट प्रतियोगितामा आईडल स्कुल बिजयी
  • मार्गरेखा संवाददाता

  • बाँकेको कोहलपुरमा जारी बुम रेमिट जिल्लास्तरीय अन्तर स्कुल छात्र क्रिकेट प्रतियोगिता अन्तर्गत तेस्रो दिन सम्पन्न खेलमा आईडल पब्लीक स्कुल बिजयी भएको छ । यहि ९ गतेबाट कोहलपुरस्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको प्रतियोगिता तेस्रो दिन आईडल माबिले आदर्श उच्च मावि नेपालगञ्जलाई ४१ रन अन्तरले पराजित गरेको हो ।
    टस जितेर ब्याटिङकालागी पहिले मैदानमा उत्रिएको आईडल माविले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय ३० रनको योगफल तयार पारेको थियो । जसकालागी समिर शाहाले २२, सोयब मल्लीक अन्सारीले १४ तथा नुहान कुरौसीले १३ रनको योगदान गरेका थिए ।
    बिस्फोटक पारी खेलेको आईडललाई रोक्ने क्रममा आदर्श मा.वि.का बलर अशोक रावलले ह्याट्रिक गरेका थिए भने राजेश खड्का र जनक एडीले २ विकेट लिएका थिए ।
    १ सय ३१ रनको बिशाल लक्ष्य पछ्याएको आदर्श मा.वि. का खेलाडी रोशन घिमिरे (३५) तथा अशोक रावल (१०) बाहेकका खेलाडी क्रिजमा जम्न नसक्दा नतिजा आईडलको पक्षमा गएको थियो । आदर्शलाई ८९ रनमै सिमित गराउने क्रममा आईडलका बलरहरु नुमन कुरौसीले ह्याट्रिक गर्दै ४
    विकेट लिएका थिए भने मकबाल र असिफ अन्सारीले २÷२ विकेट लिएका थिए । खेलको म्यान अफ द म्याच नुमन कुरैसी घोषित भए ।
    आगामी १५ गतेसम्म संचालन हुने प्रतियोगिता अन्तर्गत आज सगरमाथा ज्ञानपुञ्ज र वागेश्वरी एकेडेमी (ए) बिच प्रतिस्प्रर्धा हुने प्रतियोगिता निर्देशक लेखबहादुर क्षेत्रीले जानकारी दिए ।
    प्रतियोगितामा बिजयी हुनेलाई २१ हजार तथा उप–विजेतालाई ११ हजार सहित ट्रफीबाट पुरस्कृत गरिने प्रतियोगिता आयोजक मध्यपश्चिम क्रिकेट क्लबका अध्यक्ष दिपेन्द्र थापाले जानकारी दिए ।

  • ११ माघ २०७४, बिहीबार २१:४८ प्रकाशित
  • Nabintech
    सम्बन्धित