माघ १२, बाँके
बाँकेको नेपालगञ्जमा जारी प्रादेशिक महोत्सवमा अमेरीकन एम्बेसीका कलाकारहरुले बेजोड प्रस्तुती दिएका छन । भविष्यका लागी युवा आवाज नारा सहित प्रादेशिक महोत्सवमा सहभागी भएका अमेरीकन ब्याण्डका कलाकारहरुले बाँकेवासीलाई भरपुर मनोरञ्जन प्रदान गरे ।
आधाजर्दन बढि बिदेशी गित आएको उक्त समुहले कार्टुन क्रुजले नृत्य गरेको चर्चित नेपाली गित समेत गाएको थियो । आयसाले ‘तिम र म घुम्न जाउन’ गित गाउँदा कार्टुन क्रुजका कलाकारहरुले तृत्यमार्फत साथ दिएका थिए ।
अमेरीकन गायीका आयसाको ब्याण्ड समुहका अलावा शुक्रबार चर्चित नेपाली गायकद्धय प्रमोद खरेल र सुगम पोखरेलले दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । भविष्यकालागी युवा आवाज साँगितिक कार्यक्रम अन्तर्गत महोत्सवमा आएका पोखरेल र खरेलद्धयले आप्mना चर्चित गित गाएका थिए । म बिना मुस्किल छ पोखरामा बोलको गित गाउँदै मञ्चमा उक्लिएका प्रमोद खरेलले आप्mना चर्चित गितहरु गाएका थिए भने सुगम पोखरेलले पनि महोत्सवमा सहभागी युवायुवतीलाई नचाएका थिए ।
११ देखि २२ गतेसम्म नेपालगञ्जस्थित सडक डिभिजन परिसरमा संचालन हुने महोत्सवमा २ सय ६० वटा ब्यवसायीक स्टलका अलावा ५ कृषी, ४ जडिबुटी, १४ अटोमावाईल्स, २२ रेष्टुरेन्ट र १६ विदेशी स्टल सहित कुल ३ सय २१ स्टल रहेका
छन । ५ लाख बढि दर्शकले अवलोकन गर्ने अपेक्षा गरीएको महोत्सवबाट १ करोड बढि रकम बचत गर्ने लक्ष्य लिईएको छ ।
आज माग्ने बुढा आउने
यसैबिच महोत्सवमा सहभागी हुन चर्चित हाँस्य कलाकार माग्ने बुढा नेपालगञ्ज आउने भएका छन । साँस्कृतीक उपसमितिका संयोजक तपेन्द्र बिक्रम शाहाका अनुसार शनिबार हाँस्य कलाकार केदार घिमिरे (माग्ने बुढा) को टिमसँगै कुटुमा–कुटु, सुर्के थैती, चिरबिरचिरबीर चरी चट्ट परी, पुर्वपश्चिम लगाएत गितका गायक राजनराज सिवाकोटी र देउडा गायक सज्जन धामीको बेजोड प्रस्तुती रहने छ । साथै स्थानिय कलाकारहरुले समेत आप्mनो प्रस्तुती दिने भएका छन ।
कल्चरर–शो गरिने
११ गतेबाट सुरु भएको महोत्सवमा कल्चरर—शो समेत गरिने भएको छ । जसअन्तर्गत महोत्सवको तेस्रो दिन शनिबार थारु संस्कृती झल्काउने कल्चरर–शो प्रस्तुत गरिने भएको छ । ब्यवसायीक १० जना मोडलहरुले थारु संस्कृती झल्कने भेषभुषा सहित र्याम्पमा उत्रिने तयारी गरिएको साँस्कृतीक उपसमितिले जनाएको छ । त्यसलगत्तै थारु समुदायले समेत आप्mनो साँस्कृतीक प्रहसन देखाउने साँस्कृतीक उपसमितिका संयोजक श्यामसुन्दर अधिकारीले जानकारी दिए ।
राही मार्ट नृत्य प्रतियोगिताकालागी प्रतियोगी छनोट
राही मार्ट नृत्य प्रतियोगिताकालागी प्रतियोगीहरु छनोट गरिएको छ । बाँकेको नेपालगन्जमा आयोजित प्रादेशिक महोत्सव अबधिभर संचालन गरीने प्रतियोगितामा सहभागी हुन चाहने ब्यक्ती तथा टिमलाई अडिसन मार्फत प्रतिस्प्रधाकालागी छनोट गरिएको हो । प्रतियोगिताकालागी जिल्लाभीत्रका १२ वटा टिमलाई छनोट गरिएको साँस्कृतीक उपसमितिका संयोजक तपेन्द्र बिक्रम शाहाले जानकारी दिए ।
अडिसनबाट भेरी नर्सिङ कलेजका सृजना विष्ट, आस्था सरु मगर र स्मारीका पुन मगरको ग्रुप, र भेरी नर्सिङकै मुना राना, रबिना बम, विपना डिसी, सोनम खड्का र भावना रसाईलिको ग्रुप, त्यसैगरी डाईनामिक मावि कोहलपुरका मुना आले, नेहा खत्री, प्रभा रजाली, कृष्ण बुढा र निरु गुरुङको ग्रुपका साथै सिटि कलेजका रंजिता तिवारी, खजुरा क्याम्पसका सुस्मीता शाही, ब्राईटल्याण्ड कलेजका सुचिता राना, म.प. प्राविधिक शिक्षालयका रुपा चौधरी, आदर्श उच्च मावि नेपालगन्जका रोशनी सिंह ठकुरी, ज्ञानोदय उच्च मा.वि खजुराका रोजीना खत्री कार्की, महेन्द्र बहुमुखी क्याम्पसका रोशनी थापा, मिड वेष्टर्न मेर्सिङ कलेजका जया वि.क. र जि.भि.एन. कलेजका रेश्मा श्रेष्ठ प्रतियोगिताकालागी छनोट हुन सफल भएका शाहाले जानकारी दिए । प्रतियोगिताको बिजयीले सर्वाधिक १ लाख नगद राशी प्राप्त गर्ने भएका छन ।