मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

क्लिन तुलसीपुर ग्रिन तुलसीपुर सरसफाई अभियानलाई सहयोग गर्ने पूर्व वृटिस आर्मी मान वहादुर थापा सम्मानित
  • मार्गरेखा संवाददाता

  • क्लिन तुलसीपुर ग्रिन तुलसीपुर सरसफाई अभियानलाई सहयोग गर्ने पूर्व वृटिस आर्मी मान वहादुर थापा सम्मानित

     


    माघ १४ तुलसीपुर / ,बेलायतमा कार्यरत रहनु भएका पूर्व वृटिस आर्मी मान वहाद/ुर थापा सम्मानित
    हुनु भएको छ । तुलसीपुरमा संचालन भै रहेको क्लिन तुलसीपुर ग्रिन तुलसीपुर
    सरसफाई अभियानलाई विभिन्न उपकरण सहयोग गर्नु भएका थापालाई गृह जिल्ला
    दाङमा आएको बेला सम्मान गरिएको हो । तुलसीपुर उद्योग वाणिज्य संघले
    सामाजिक अभियान्ता एवं दाङ जिल्लाको हरेक विकासमा चासो र चिन्ता व्यक्त गर्दै
    आउनु भएका पूर्व आर्मी थापालाई वधाई एवं सम्मान गरिएको हो । संघका
    अध्यक्ष विर वहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रममा वोल्दै थापाले
    दाङलाई हरेक हिसावले विकास गर्दै लैजानु पर्ने वताउनु भयो । उहांले
    एरपोर्ट नियमित संचालन संगै विस्तार पर्यटन विकासका लागि होटेल र पर्यटकिय
    गन्तव्यको पहिचान गरेर अगाडि वढ्न सुझाव दिदै दाङ प्राकृतिक हिसावले
    भरिपूर्ण रहेको वताउनु भयो । उहांले दाङलाई विकास गर्न सम्पूर्ण दलहरु
    एक जुट भएर लाग्नु पर्ने समेत धारणा राख्नु भयो । कार्यक्रममा संघका
    निवर्तमान अध्यक्ष विमल रिजालले सरसफाई अभियानमा विदेशवाट पनि सहयोग र
    सदभाव प्राप्त गर्न सफल भएको भन्दै धन्यवाद ज्ञापन गनर््ु भयो । उहांले अचल
    अस्पतालमा एक सय दिनको सरसफाई अभियान आफूहरुको समन्वयमा संचालन
    भैरहेको भन्दै राप्ती अंचल अस्पताल परिसरलाई आकर्षक वनाउन लागि परेको
    वताउनु भयो । कार्यक्रमको संचालन महासचिव रुप वहादुर खत्रीले गर्नु भएको
    थियो ।

     

  • १४ माघ २०७४, आईतवार १८:४५ प्रकाशित
  • Nabintech
    सम्बन्धित