मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कुन उमेरमा कति हुनुपर्छ रक्तचाप ?
  • मार्गरेखा संवाददाता

  • अधिकांश घरमा खोज्ने हो भने, उच्च रक्तचापको रागी भेटिन सक्छ । बुढ्यौलीसँगै उच्च रक्तचापको समस्या देखिन थाल्छ, जो स्वभाविक हो । तर, अहिले बुढ्यौलीमा मात्र होइन, युवा र किशोरहरुमा समेत यस्तो समस्या देखिन थालिएको छ ।

    खासगरी वर्तमानमा हामीले जुन किसिमको जीवनयापन भोग गरिरहेका छौं, त्यो उच्च रक्तचापको कारण बनिरहेको छ । ऐशआरमपूर्ण जीवन, प्रशोधित खानेकुराको सेवन, दिनहुँको दौडधूप आदिले हामीलाई रोगी बनाउँदैछ ।

     

    उच्च रक्तचाप हुनु भनेको रगतको प्रवाहमा अवरोध आउनु हो । जब शरीरमा रगत राम्ररी प्रवाह हुन पाउँदैन, त्यसको भार मुटुलाई पर्छ । यसैलाई रक्तचाप भनिएको हो । अहिले यस्तो समस्या किशोरहरुमा पनि देखिन थालिएको छ ।

    आधुनिक उपकरणको कारण

    टेलिभिजन, भिडियो गेम, कम्प्युटर र स्मार्ट फोनको अत्यधिक प्रयोगका कारण बच्चाहरुको आउडोर गेममा रुची निकै कम भइरहेको छ । यस्तो अवस्थामा उनीहरु धेरै खान्छन्, तर क्यालोरी बर्न हुन पाउँदैन । जसले गर्दा बालबच्चा तथा किशोर-किशोरीहरु मोटोपनाको शिकार बनिरहेका छन् ।

    बच्चाहरुमाथि पढाईको बोझका साथै बाबुआमाले उनीहरुमाथि अपेक्षा पनि धेरै राख्छन् । यसले गर्दा उनीहरु तनावग्रस्त बन्छन् । यस्तो स्थितिमा उनीहरुको रक्तचाप असामान्य बन्न पुग्छ । किशोर-किशोरी तथा युवा-युवतीहरु जब तनावले गर्दा आफूलाई असामान्य महसुस गर्छन्, उनीहरु डाक्टरको परामर्शमा गइहाल्नुपर्छ ।

    सावधानी अपनाउने

    -उच्च रक्तचापको कुनै स्थाई उपचार हुँदैन । यसलाई खानपानमा सुधार, स्वस्थ जीवनशैली, र औषधिबाट नियन्त्रित गर्न सकिन्छ । एकपटक ब्लड प्रेसर बढेको थाहा भइसकेपछि औषधि नियमित सेवन गर्नुपर्छ र डाक्टरको नियमित सम्पर्कमा बस्नुपर्छ ।

    -उच्च रक्तचापको अवस्थामा दुई कुरामा ध्यान दिन आवश्यक हुन्छ । धूम्रपानको लत र कोलस्ट्रोलको स्तर बढ्नु हृदयघातको कारण बन्ने गर्छ । त्यसैले उच्च रक्तचाप भएका व्यक्तिहरुले धुम्रपान त्यागिहाल्नुपर्छ ।

    -मानसिक तनाव पनि उच्च रक्तचापको समस्याको एउटा ठूलो कारण हो । त्यसैले तनावलाई आफूमा हावी हुन दिनुहुन्न ।

    – उच्च रक्तचाप भएकाहरुले खानपानमा संयम अपनाउनुपर्छ ।

    -उच्च रक्तचाप भएकाहरुले खानामा नूनको मात्रा प्रतिदित ३.४ ग्रामभन्दा बढि लिनु हुँदैन । आहारामा आधा चम्चा नून कम गर्दा पनि उच्च रक्तचाप सामान्य स्तरमा आउन सक्छ ।

    उमेरको हिसाबले कति हुनुपर्छ रक्तचाप ?

    १५ देखि १८ वर्षसम्म

    पुरुषः ११७-७७ mmHg

    महिलाः १२०-८५ mmHg

    १९देखि २४ वर्षसम्म

    पुरुषः १२०-७९ mmHg

    महिलाः १२०-७९ mmHg

    २५ देखि २९ वर्षसम्म

    पुरुषः १२०-८० mmHg

    महिलाः  १२०-८० mmHg

    ३० देखि ३५ वर्षसम्म

    पुरुषः १२२-८१ mmHg

    महिलाः १२३-८२ mmHg

    ३६ देखि ३९ वर्षसम्म

    पुरुषः १२३-८२ mmHg

    महिलाः १२४-८३ mmHg

    ४० देखि ४५ वर्षसम्म

    पुरुषः १२४-८३ mmHg

    महिलाः १२५-८३ mmHg

    ४६ देखि ४९ वर्षसम्म

    पुरुषः १२६-८४ mmHg

    महिलाः १२७-८४ mmHg

    ५० देखि ५५ वर्षसम्म

    पुरुषः १२८-८५ mmHg

    महिलाः १२९-८५ mmHg

    ५६ देखि ५९ वर्षसम्म

    पुरुषः १३१-३७ mmHg

    महिलाः १३०-८६ mmHg

    ६० देखि माथि

    पुरुषः १३५-८८ mmHg

    महिला १३४-८४ mmHg

    अनलाइनखबरबाट

  • १४ माघ २०७४, आईतवार १९:२७ प्रकाशित
  • Nabintech
    सम्बन्धित