मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

दुर्घटनाबाट बच्न सुरक्षासर्तकता अनिवार्य ।। प्रदेश स्तरीय अनुशिक्षण कार्यक्रम तुलसीपुरमा सम्पन्न
  • मार्गरेखा संवाददाता

  • शरद रेग्मी दाङ, १५ माघ ।
    सुरक्षा सर्तकताले मात्र सडक दुर्घटना रोक्न सकीने सहभागीहरुले बताएका छन् । तुलसीपुरमा आयोजना गरीएको प्रदेश नं ५ स्तरीय सडक दुर्घटना न्यूनिकरण एव अवैध लागु औषध नियन्त्रण सिधा कारवाहि अभियान, अनुशिक्षण उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले सो कुरा बताएका हुन । त्यसैगरी कार्यक्रममा बोल्ने वक्ताहरुले पछिल्लो समयमा विभिन्न कारणले दुर्घटना र लागु औषध प्रयोग कर्ता पनि बढदै गएको बताएका थिए । ‘ गाउँ गाउँमा गाजाँ तथा अन्य लागु औषध प्रयोग कर्ताहरु बढेको र उनीहरुलाई समयमै नियन्त्र गर्न नसके यसले पछि विगराल प्रस्थीति उपजने बताएका थिए । कार्यक्रममा तुलसीपुरका विभिन्न स्थानमा लागु औषध विक्री वितरण भईरहेको सहभागीहरुले बताएका थिए । कार्यक्रममा सहभागीहरुले अपराध रहित तथा समुनत समाज निर्माणका लागि सवैको आफनो ठाउँबाट सहयोग गर्नु पर्ने बताए । ‘ त्यसैगरी सहभागीहरुले यस्ता सचेतना कार्यक्रम गाउँ गाउँ सम्म लैजानु पर्ने बताए । सामुदायीक प्रहरी सेवा केन्द्र तुलसीपुर र ५ नं प्रदेश प्रहरी कार्यालय तुलसीपुरको संयूक्त आयोजनामा भएको कार्यक्रममा प्रहरी नायव उपरीक्षक पुष्पराज मल्लले ट्राफिक नियमको पालना, लागु औषध नियन्त्रणका वारेमा सहभागीहरुलाई प्रशिक्षण दिएका थिए । सो क्रममा अधिकाम्स दुर्घटनाहरु सवारी चालकहरुको लापरवाहीले हुने गरेको बताएको थियो । सामुदायीक प्रहरी सेवा सेवा केन्द्र तुलसीपुरका अध्यक्ष नारायणी रजौरेको अध्यक्षता तथा ५ नं प्रदेश प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक मधुप्रसाद पुडासैनीको प्रमुख आतिथ्यता तथा तुलसीपुर उपमहानगरपालिका प्रमुख घनस्याम पाण्डेको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा बोल्दै पुडासैनीले ‘सिधा कारवाहि अभियान’ अव गाउँ गाउँ सम्म लैजाने भन्दै यसमा समाजका अगुवाहरुले सहयोग गर्नु पर्ने बताए । उनले उनले नेपालमा दुर्घटनाका कारण बषैनि १८ हजारको मृत्यु हुने भन्दै सडक दुर्घटना न्यूनिकरण एव अवैध लागु औषध नियन्त्रणका लागि सवैले प्रहरीलाई सहयोग गर्नु पर्ने बताए । ‘धरै जसो सवारी दुर्घटना चालकको लापरवाहीको कारणले हुने गरेको छ, सडक साधुरो जनसंख्या वृद्धिले पनि केही असर गरेको छ –प्रमुख पुडासैनीले भने । ’ उनले अवैध लागु औषध नियन्त्रण र सडक दुर्घटना न्यूनिकरणका लागि सवै निकार्यहरुलाई सक्रीय भएर लाग्न निर्देश दिएका थिए । १२ वटा जिल्लामा यसको नियन्त्रणका लागि समिति गठन गरीएको र सो समितिलाई इलाका स्तरमा लैजानेपनि उनले बताए । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनस्याम पाण्डेले सुरक्षीत तथा सव्य समाज निर्माणका लागि सवैको भुमिका महत्वपूर्ण भएको भन्दै स्थानीइ निकायले पनि यस विषयमा बहस चलाउने बताए । उनले बजारमा रहेका फुटफाट र ठेलाहरु व्यवस्थापन का साथै सुरक्षाका लागि सिसी क्यामेरा जडान गर्ने र नगरपालिकालाई सुरक्षीत गराउने बताए । प्रदेश नं ५ अन्र्तगत विभिन्न जिल्लाका प्रहरी प्रमुख र ट्राफिक र सरोकारवालाहरुको सहभागीता कार्यक्रममा रहेको थियो । कार्यक्रममा नागरिक समाज दाङका संयोजक टिकाराम रेग्मी, तुलसीपुर उद्योगवाणिज्य संघका निर्वतमान अध्यक्ष विमल रिजाल,इलाका प्रशासन कार्यालयका प्रमुख धनबहादुर केसी, यातायात व्यवस्था कार्यालयका निमित्त प्रमुख यम वुढा, नयाँ पाइला पुनस्थापना केन्द्रका सरेश भुसाल, सहारा पुनस्पना केन्द्र नेपालगञ्जका अभिराज क्षेत्री, लगायतले बोलेका थिए । कार्यक्रममा विभिन्न व्यक्तिहरुले सुझाव राखेका थिए । कार्यक्रमको सहजिकरण सामुदायीक प्रहरी सेवा केन्द्र तुलसीपुरका सचिव तथा रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीले गरेका थिए ।

     

  • १५ माघ २०७४, सोमबार १९:३० प्रकाशित
  • Nabintech
    सम्बन्धित