मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

४४ वर्षपछि फेरि रुकुमकोट आन्दोलन
  • मार्गरेखा संवाददाता

  • आज भन्दा ४४ वर्ष पहिले रुकुमकोट समग्र रुकुम जिल्लाको सदरमुकाम थियो । २०३० सालमा राजाको हुकुम प्रमांगीवाट त्यहाँको सदरमुकाम खोसिएको थियो र मुसिकोट खलंगा लगिएको थियो । बाह्र वर्ष सदरमुकाम बसेको रुकुमकोटवाट खोसीदा रुकुमकोटवासीले त्यति वेला पनि आन्दोलन गर्नु परेको थियो भने सरकारी गोलीले थुप्रै घाइते भएका थिए भने एक जनाको मृत्यु समेत भएको थियो । १२ वर्षपछि तत्कालीन सरकारले गरेको निर्णय बमोजिम २०३० वैशाख १ गते रुकुमकोटबाट सदरमुकाम खलंगाा सारेरै छाडियो । अहिले फेरि सरकारले बसिरहेको सदरमुकामा सार्ने निर्णय गरेपछि भर्खर पलाएको खुसी मेटिने डरले उनीहरु आन्दोलनमा उत्रिएका छन् । यसरी रुकुमकोटलाई पटकपटक हेला गरिएको स्थानीयवासीले महशुस गरेका छनन् ।
    २०३० सालमा सदरमुकाम खोसिँदा चिढिएको रुकुमकोटलाई वर्तमान सरकारले फेरि उसैगरी आन्दोलित बन्न बाध्य पारिदिएको छ । रुकुमकोटका नागरिक फेरि उसैगरी सदरमुकाम बचाउको माग गर्दै आन्दोलनमा होमिनु परेको छ । तीन गाउँपालिका रहेको पूर्वी रुकुमको रुकुमकोटसँगै भुमे गाउँपालिकाको आधाभन्दा बढी हिस्सा आन्दोलनमा होमिएको छ ।
    सरकारी निर्णय आएपछि आन्दोलनकारीले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका छन् ।
    आसपासको सहयोग लिएर आन्दोलन शसक्त बनाउँदै
    सदरमुकाम सार्ने निर्णय लगतै आन्दोलनमा उत्रिएका रुकुमकोटवासी पछिल्लो समय छिमेकी गाउँ र गाउँपालिकालाई आन्दोलनमा सहयात्री बनिदिन अनुरोध गर्दै छन् भने आन्दोलनलाई सशक्त बनाउँदै छन् । सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले सिस्नेको समग्र गाउँपालिकाका बासिन्दा र भूमे, पुथाउत्तरगंगा (जहाँका आधाजसो भूभागका बासिन्दालाई रुकुमकोट पाएका पर्छ ) का बासिन्दालाई आन्दोलनमा उतार्न थालिएको बताइन् । ‘यो आन्दोलन रुकुमकोटबासीको मात्र हैन, पोखरा, पिपल, स्यालापाखा, काँडा, साकिम, महत लगाएतका गाउँको पनि आन्दोलन हो उनले भनिन्, ‘पुथाउत्तरगंगा कै कतिपय साथिहरुले पनि गोलखारामा सदरमुकाम सार्ने निर्णयको विरोध गर्दै आएकाछन् ।’ उनीहरुले जतिसक्यो धेरै जनताहरुलाई आन्दोलनमा उतार्ने र कानूनी तथा कुटनीतिक माध्यमवाट पनि पहल गरिरहने बताइन् ।

    नेताहरुको दोहोरो भूमीका
    सदरमुकाम नेपाली काङग्रेस नेतृत्वको सरकारले सारेको छ । जिल्लामा वामगठबन्धनको सशक्त उपस्थिति रहेको छ तर रुकुमकोटवाट सदरमुकाम सारिएकोमा पक्षमा भन्दा विपक्षमा बोल्ने नेताहरु धेरै देखिएकाा छन् । पूर्वी रुकुमका नेपाली काङग्रेसका नेता केशरमान रोका, तेजेन्द्र खाम र पश्चिमका नेपाली काङग्रेसकै नेताहरु गोपाल जीजंग शाह, प्रेमप्रकाश ओली, यसैगरी पूर्वका एमाले र माओवादी नेताहरु खुलेर नै लागेका छन् ।

    तर रुकुमकोटवासीले आशा गरेका माओवादी केन्द्रका गणेशमान पुन, कमला रोका, पूर्ण घर्ति तेजबहादुर ओली, जुनकुमारी रोका, एमालेका खेममान खड्का, टोपबहादुर ओली र नेपाली काङग्रेसका पूर्ण जंग शाह हुन् । नेकपा एमालेका नेता नन्दलाल शर्मा यस आन्दोलनमा शसक्तसँग लागेपनि अन्य नेताहरुको भूमीका दोहोरो देखिएको स्थानीयवासीको आरोप छ । फेसबुकमा सामन्य स्टाटश लेख्ने बाहेक सदरमुकाम सार्न नदिन राजनीतिक, कूटनीतिक र आन्दोलन कतै पनि सक्रिय देखिएका छैनन् ।

  • १६ माघ २०७४, मंगलवार १६:१५ प्रकाशित
  • Nabintech
    सम्बन्धित