मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

रुपैडिहाबाट बहराईच जादै गरेको जिप भारत बहराईच जिल्लाको रिसियामा दुर्घटना हुँदा २ जनाको मुत्यु पुर्ब प्रहरी नायब निरिक्षक रोशन शाहको मुत्यु
  • मार्गरेखा संवाददाता

  • , नेपालगन्ज १८ माघ  :  नेपालगन्जबाट रुपैडिहा जादै गरेको जिप भारत बहराईच जिल्लाको रिसियामा दुर्घटना हुँदा २ जनाको मृत्यू भएको छ भने ३ जना घाइते भएका छन् ।
    उत्तरप्रदेश राज्यको बहराईच जिल्लाको रिसियामा ट्रक र भ्यान एकआपसमा ठोक्किदा सो दुर्घटना भएको हो । दुर्घटनामा परेर बाँकेको नेपालगन्ज निवासी मुनब्बर अली हल्वाई र रोशन शाहको मृत्यू भएको छ । हल्वाई नेपालगन्जमा ड्राईभिङ्ग स्कुल सञ्चालक हुन भने शाह सेवा निबृत्त प्रहरी हुन ।
    भारतको रुपैडिहाबाट लखनउका लागि जादैं गरेको यूपी ४० एक्स ८६१४ नम्बरको महेन्द्रा गाडी र युपी २१ एन ७०६२ नम्बरको ट्रकसँग ठोक्किदा दुर्घटना भएको भारतीय प्रहरीले जनाएको छ ।
    दुर्घटनामा घाइते हुनेहरुमा नेपालगन्ज निवासी संग्राम शाह, अंगुर खड्का र ईमरान अली हल्वाई घाइते भएका छन् । घाइते इमरान मृतक मुनब्बरका छोरा हुन् । ईमरानलाई थप उपचारका लागि लखनउ रेफर गरिएको छ ।
    अन्य घाइतेको भने बहराईचमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएइको छ । मृतक हल्वाई मंसिरमा सम्पन्न प्रतिनिधीसभामा नेपाल संघीय समाजवादी पार्टीका तर्फबाट बाँके क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका थिए । हल्वाई नेपालगन्जमा मुनब्बर मोटर ड्राईभिङ्ग टे«निङ्गका संचालक समेत हुन् । मृतक शाह पुर्ब प्रहरी नायब निरिक्षक हुन् ।

  • १८ माघ २०७४, बिहीबार १९:१२ प्रकाशित
  • Nabintech
    सम्बन्धित