मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बर्दियमा दुर्घटनामा परि एकजनाको मृत्यु
  • मार्गरेखा संवाददाता

  •  

    दुर्गा आचार्य
    बर्दिया, माघ २२ । बर्दियाको बढैयाताल गाँउपालिका —८ बर्र्मेली टोलमा सवारी दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ ।
    नेपालगञ्ज तर्फबाट गुलरियातिर आउँदै गरेको मिनिट्रकले विपरित दिशाबाट आईरहेको मोटरसाईकललाई ठक्कर दिँदा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु भएको हो ।
    भे १ ख ५२८ नम्वरको मिनिट्रकले भे ४ प ५९८४ नम्वरको मोटरसाईकललाई ठक्कर दिँदा बढैयाताल गाउँपालिका वार्ड नम्वर ८ बर्मेली टोल निवासी ३१ वर्षिय मोटरसाईकल चालक झकबहादुर क्षेत्रीको घटना स्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय मैनापोखरले जानकारी गराएको छ । सवारी अनियन्त्रीत भएकाले र्दुघटना भएको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुमान छ । प्रहरीले ट्रक सहित चालक रामलोटन चौधरीलाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

  • २२ माघ २०७४, सोमबार १३:३० प्रकाशित
  • Nabintech
    सम्बन्धित