मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

जुत्ता सिलाएर प्रदेश नं. ६ को राजधानी सुर्खेतमा पक्की घर
  • मार्गरेखा संवाददाता

  • जुम्लाका नन्दे सार्की । पेसा जुत्ता सिलाउने । यो उनको पुख्र्यौली पेसा नै हो । तर, पुख्र्यौली पेसालाई व्यावसायिक बनाउँदा आम्दानीको गतिलो स्रोत बन्यो ।

    नन्देले जुत्ता सिलाउन थालेको १५ वर्ष भयो । डेढ दशकको अवधिमा उनले यही कमाइबाट परिवार मात्रै पालेका छैनन्, प्रदेश नं. ६ को राजधानी सुर्खेतमा पक्की घर पनि बनाएका छन् ।

     

    जुम्लाकै चन्दननाथ नगरपालिका–५ मा अहिले उनको अस्थायी बसोवास छ । व्यवसाय त्यहीँबाट सञ्चालन गरिरहेका छन् । भगवती गाँउपालिका–६ दैलेखमा जन्मेका उनले जुत्ता सिलाइ व्यवसाय सीधै जुम्लाबाट सुरु गरेका भने होइनन् । ०५५ मा कालिकोट जिल्लाबाट यो व्यवसाय सुरु गरेका उनी जुम्लामा ०५८ मा छिरेका हुन् ।

    ‘सुरुमा जुत्ता सिलाइ पेसाबाट सन्तुष्ट थिइनँ । सबैले हेय भावले हेर्थे, कमाइ पनि खासै राम्रो थिएन । व्यवसाय बिस्तारै फस्टाउँदै गयो । अहिले सुर्खेतमा पक्की घर बनाइसकेको छु । पुख्र्यौली कामलाई व्यावसयिक बनाएर सफल बन्न सकेकोमा मलाई गर्व छ,’ उनले सुनाए ।

    दुई छोरा र दुई छोरीसहित ६ जना परिवारको जीविकोपार्जन र अध्ययन उनकै कमाइबाट चलेको छ । जुत्ता सिलाइकै आर्जनबाट छोराछोरीलाई उच्चशिक्षा अध्ययन गराएका छन् । ‘जेठो छोरो हेल्थ असिस्टेन्ट तेस्रो वर्षमा पढिरहेको छ, एउटी छोरी आइएस्सी एजी अध्ययन गरिरहेकी छिन्,’ उनले खुसी हुँदै भने ।

    नन्दे सार्कीले उत्पादन गरेका जुत्ताका नियमित ग्राहक धेरै भइसकेका छन् । ‘मेरा नियमित ग्राहकको सेवा गर्दै दिन जान्छ,’ भने, ‘अब त ग्राहक नै परिवारजस्तो लाग्छन् । एक दिन पसल बन्द गर्दा पनि परिवारसँग छुटेजस्तो लाग्छ ।’नयाँ पत्रिकाबाट

  • २३ माघ २०७४, मंगलवार १२:०७ प्रकाशित
  • Nabintech
    सम्बन्धित