जानकी गाउपालिका १ मा ७ दिने बाख्रा पालन तालिम शुरु भएको छ ।
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत जानकी गाउँपालिका १ सिवपुरीमा स्तर उन्नती अन्तगर्तका समूहलाई बाख्रा पालन तालिम दिएको हो ।
लघु उद्यम विकास कार्यक्रम मेडेप क्षेत्रिय कार्यालय घोराही दाङको आर्थिक सहयोगमा उत्पीडित सामुदायिक विकास केन्द्र ओसीडिसी बाँकेको आयोजना बाख्रा पालन सम्बन्धि स्तर उन्नती तालिमको आयोजना गरीएको परियोजनाका संयोजक युवराज पोख्रेलले जानकारी गराए ।
स्वार्गत मन्तव्य राख्दै संस्थाका कार्यकारी निर्देशक रबि रोकायाले स्तर उन्नती बाट सहभागिहरुलाई लाभ लिन आग्रह गर्दै तालिम पश्चात सहभागि आत्मा निर्भर हुनेमा आफु र संस्था विश्वस्त रहेको बताए । रोकायाले बाख्रा पालनमा संस्थाका तर्फबाट थप सहयोग गर्ने प्रतिबद्धता जनाए ।
तालिमको सहजीकरण जिल्ला पशु सेवा कार्यालयका प्रा.स दिल बहादुर खड्काले गर्ने छन् । तालिमा नागरिक सचेतना केन्द्र लघु उद्यम समूह का ३० जना सहभागि हुने छन् । कार्यक्रमा समूहकी अध्यक्ष सुनिता आलेको सभापतित्वमा कार्यक्रम संचालन गरीएको थियो ।