मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बर्दियाकोबाँसगढीमा ५० करोड लागतमा अन्तराष्ट्रिय स्तरको कबड हल बन्न
  • मार्गरेखा संवाददाता

  • रावन बिश्वकर्मा, बाँसगढी, बर्दिया, माघ २३/ बर्दियाको बाँसगढीमा अन्तराष्ट्रिय स्तरको बहुउदेश्ययी कवड हल निर्माण हुने भएको छ । बाँसगढी नगरपालीका वडा नम्बर ४ मगरपुरको जनचेतना सामुदायिक वनको जग्गामा बहुउद्देश्यी एकेडेमिक नामक कबड हलको मंगलबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले बिधिबत रुपमा उद्घाटन गरे । ५० करोडको लागतमा निर्माण हुने हलको ६ महिनामा हलको निर्माण गर्ने र बाँकी अन्य काम ३ बर्ष भित्र सम्पन्न गरिसक्ने राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले प्रतिबद्धता जनाए । उनले कबड्डी खेलका लागी आबश्यक भवन, गोष्ठि सेमिनारको लागी भवन, औषधी उपचारको लागी छुटै कोठाको व्यवस्था, पुस्तकालय, सहिति अत्याधोनिक प्रबिधी सहितको कवड हल निर्माण हुन लागेकाले अब बर्दियाले खेलको बिकासमा फड्को पार्ने बताए । उनले आगमी बर्षबाट राष्ट्रिय स्तरको कबड्डी प्रतियोगीता यहि हलमा गर्ने समेत बचन दिए । त्यस्तै शिलन्यास कार्यक्रममा अखिल नेपाल राष्ट्रिय कबड्डी संघका अध्यक्ष तुलसा थापा गौतमले बाँसगढी क्षेत्रमा कबड हल निर्माण पछि यस क्षेत्रका खेलाडीहरु राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको खेलाडीको रुपमा अगाडी बढ्न सक्ने कुरामा जोड दिईन । जिल्ला खेलकुद विकास समिति बर्दियाका अध्यक्ष खगेन्द्र खनालको सभापतित्वमा भएको शिलन्यास कार्यक्रममा क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष भिम वली, बाँसगढी नगरपालीका प्रमुख सालिकराम अधिकारी, ईलाका प्रशासन कार्यलय बाँसगढीका प्रमुख महेन्द्रजगं शाही, ईलाका प्रहरी कार्यालय बाँसगढीका प्रमुख प्रहरी निरिक्षक चक्र बहादुर डम्बर पाल, जिल्ला समन्वय समितिका सदस्य, बाँसगढी नगरपालिका वार्ड अध्यक्ष, सदस्य, बिभिन्न राजनितिक दलका प्रतिनिधि, बुद्धिजिवि, समाजसेवी, शिक्षक, खेलप्रमी, खेलाडी, युवा लगाएतको उपस्थिति रहेको थियो ।

  • २३ माघ २०७४, मंगलवार २०:५५ प्रकाशित
  • Nabintech
    सम्बन्धित