मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

पाँचौ प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिवल प्रतियोगिताको दोस्रो दिनको खेलमा नेपाल पुलिस क्लब र बंगलादेशको इफाट महिला भलिबल टोलीले जित हासिल
  • मार्गरेखा संवाददाता

  • नेपालगन्जमा सञ्चालन भई रहेको पाँचौ प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिवल प्रतियोगिताको दोस्रो दिनको खेलमा नेपाल पुलिस क्लब र बंगलादेशको इफाट महिला भलिबल टोलीले जित हासिल गरेका छन ।
    बाँके जिल्ला भलिवल संघद्वारा नेपालगन्ज कभर्ड हलमा भएको खेलमा दोस्रो दिनको पहिलो खेलमा पुलिसले भारत देहरादुनको टिमलाई सहजै २५–१, २५–१४, २५–१७ सेटले पराजित गर्दै जित हासिल गरेको हो ।
    सो खेलमा पुलिसकी कामना विष्ट वुमन अफ द म्याचबाट पुरस्कृत भइन । कामनालाई नेपाल भलिबल संघका सचिवद्धय मनवीर छन्त्याल, भीम ओली, कोषाध्यक्ष सुनकेशरी मालीले पुरस्कार दिएका थिए ।
    यसैगरी दोस्रो खेलमा घरेलु टिमन्यु इन्द्रेणी बागेश्वरी युथ क्लब बंगलादेशको इफाट महिला भलिबल टोलीसँग पराजित भएको छ । इफाटले न्यु इन्द्रेणी बागेश्वरी युथ क्लबलाई २७–२५, २५–२२, २६–२४ सो सेटले पाखा लगाउदै जित आफ्नो पक्षमा निकालेको हो

  • ४ फाल्गुन २०७४, शुक्रबार १९:३७ प्रकाशित
  • Nabintech
    सम्बन्धित