मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगन्जमा जारीपाँचौ प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिबल शिवम् न्युडायमण्ड र एपीएफबीच उपाधि भिड्न्त
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज, फागुन ६/ पाँचौ प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि शिवम् न्युडायमण्ड एकेडेमी र एपीएफले सोमवार प्रतिस्पर्धा गर्ने भएका छन् । नेपालगन्ज कभर्ड हलमा भएको सेमिफाईनल खेलमा शिवम् न्युडायमण्डले बंगलादेशको इफाटलाई तथा एपीएफले नेपाल पुलिसलाई समान ३–० को सोझो सेटमा हराउदै उपाधि भिड्न्त पक्का गरे ।
    नेपालगन्ज कभर्ड हलमा भएको सेमिफाईन खेलमा शिवम् न्युडायमण्डले बंगलादेशको इफाट ग्रुपमाथी २५–६, २५–६ र २५–८ को सहज जित निकाल्यो । शिवम् न्यु डायमण्डको जितमा ओपन स्पाइकर मञ्जु गुरुङ वुमन अफ द म्याचबाट पुरस्कृत भइन् । नेपाली महिला भलिबलमा महत्वपूर्ण स्पाईकरको रुपमा लामो समय देखि खेल्दै आएकी मन्जु शिवम् न्युडायमण्डको दोश्रो ओपन स्पाईकरको भूमिकामा छिन् । सेमिफाईनल खेलमा उत्कृष्ट प्रदर्शन गरेकी गुरुङले भनिन्–मलाई कुमार गुरुले आफ्नो टिमको सदस्य बनेर खेल्न अनुरोध गर्नु भयो । आफ्नै भूमिमा भएको अन्तर्राष्ट्रिय प्रतियोगितालाई मिस गर्न चाहान्नथे,त्यसैले शिवम् न्यु डायमण्डको सदस्य बनेर खेलेकी हु । म पश्चिमाञ्चलको कप्तान हु, आफु सधै पश्चिमाञ्चलबाटै खेल्न रमाउछु । हाम्रो टिमका महत्वपूर्ण सदस्य अरुणा शाही,ममता डगौरा चोटका कारण टिमले सहभागिता जनाउन सकेन । अर्को प्रतियोगितामा पश्चिमाञ्चलको नेतृत्व गदै कोर्टमा उत्रिन आतुर छु, मन्जुले बताईन् ।
    सरस्वती चौधरी वुमन अफ द म्याच भएको अर्को सेमिफाईनल खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई २५–९, २५–१९, २५–२१ ले हरायो । बाँके जिल्ला भलिबल संघले आयोजना संचालन भएको प्रतियोगिताको बिजेताले २ लाख, उपबिजेताले १ लाख र तेस्रो हुनेले ५० हजार प्राप्त गर्ने छन् ।

  • ६ फाल्गुन २०७४, आईतवार १९:५६ प्रकाशित
  • Nabintech
    सम्बन्धित