मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

मेयर र उप–मेयरको ध्यानाकर्षण
  • मार्गरेखा संवाददाता

  • मन्टेश्वरी एशोसियसन अफ बाँकेले आईतबार नेपालगन्ज उप–महानगरपालिका प्रमुख र उपप्रमुखलाई सुझाब पत्र पेस गरेको छ ।
    स्थानीए निकायमा निर्माण हुन गइरहेको शिक्षा ऐनमा मन्टेश्वरी विद्यालयहरुले अपनाउनु पर्ने मापदण्ड र नयाँ दर्ता हुने मन्टेश्वरी विद्यालयको हकमा स्थानीय निकायले लागु गर्नु पर्ने मापदण्डलाई समेटिएको एशोसियसनका सल्लाहकार गोबिन्द पौडेलले जानकारी दिए ।
    अध्यक्ष लुना बुढाथोकीको नेतृत्वमा गएको टोलिमा सल्लाहकार पौडेल, उपाध्यक्ष दुर्गा बजगाई, कोषाध्यक्ष खिमा थापा र सहसचिब सरु पौडेलको उपस्थिति रहेको थियो। सुझाबपत्र बुझ्दै प्रमुख राणाले एशोसियसनको सुझाबले आफुहरुलाई कानुन निर्माणमा महत्त्वपूर्ण सहयोग मिल्ने बताए ।
    सोही अवसरमा उपप्रमुख उमा थापाले आफुहरु स्थानीय शिक्षा ऐन निर्माणको क्रममा रहेको अवस्थामा मन्टेश्वरी एशोसिएसनको सुझाब एकदमै महत्त्वपूर्ण रहने बताईन ।
    २०७४ सालमा स्थापित संघमा हाल जिल्लाभरिका १६ मन्टेश्वरी विद्यालय आवद्ध रहेको सहसचिब सरु पौडेलले जानकारी दिईन ।

  • १३ फाल्गुन २०७४, आईतवार २३:०५ प्रकाशित
  • Nabintech
    सम्बन्धित