जुता कसरी राख्ने ?
वास्तु शास्त्रका अनुसार तपाईले आफ्नो घरमा जुता तथा जुता राख्ने र्याक उत्तर–पूर्व दिशामा राख्नु हुँदैन । यस्तो यसकारण कि यही दिशाबाटै घरमा सूर्यको किरण प्रवेश गर्छ । यस्तो अवस्थामा तपाईको जुताले घरमा प्रवेश गर्ने सकरात्मक उर्जामा बाधा पुर्याउन सक्छ ।
उपहारमा मिलेका र चोरीका जुता लगाउनु हुँदैन
शास्त्रीय मान्यता छ कि कहिल्यै पनि उपहारमा मिलेका तथा चोरेर ल्याएका जुता लगाउनु हुँदैन । यसले भाग्यसँग तपाईंको मिलनलाई बन्द गरिदिन्छ । व्यक्तिगत करियरका लागि पनि उपहारमा मिलेका जुता लगाउनु राम्रो मानिदैन ।
कसले कस्तो जुता लगाउने ?
यदि तपाईं बैंकिङ या शिक्षा क्षेत्रमा काम गर्नु हुन्छ भने तपाईंले खेरौ र गाढा पहेँलो रंगको जुता लगाउनु राम्रो हुँदैन । यसले तपाईंको आम्दानीमा नराम्रो असर पर्न सक्छ । यो क्षेत्रका काम गर्ने व्यक्तिले निलो रंगका जुता लगाउन सक्नुहुन्छ । यसले तपाईको व्यक्तित्व र करियरमा राम्रो प्रभाव पर्नेछ ।
यदि तपाई चिकित्सा (मेडिकल) र फलामसँग जोडिएको क्षेत्रमा काम गर्नुहुन्छ भने सेतो रंगका जुत्ता कहिल्यै नलगाउनुहोस् । यसले आर्थिक क्षति हुन्छ । यो क्षेत्रमा काम गर्ने व्यक्तिले कालो रंगको जुता लगाउँदा धेरै राम्रो हुन्छ ।एम आर खबरबाट