मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

तपाई सुत्नु अघि मोबाइल चलाउनुहुन्छ, घातक हुन सक्छ, आजै बाट छोडी दिनुहोस
  • मार्गरेखा संवाददाता

  • तपाईमा सुत्नुभन्दा अघि मोबाइल हेर्ने बानी पक्कै पनि हुनुपर्छ । फेसबुक च्याटमा कसैले केही पो भनिरहेको छ की ! ट्वीटरमा के ट्वीट भइरहेको छ, नया नया कुरा हरु हेर्नको लागि भयपनी हामीले मोबाईल हेर्ने गर्दछौ यस्तै – यस्तै कारणले पनि सुत्नुअघि मोबाइल चलाउने गरिन्छ ।

    यसरी मोबाइलमा रमाउदै गर्दा रात छिप्पिन सुरु हुन्छ र शरिरलाई चाहिने आवश्यक निन्द्रा पुग्दैन । मनोरोग विशेषज्ञ भन्छन् ‘निन्द्रा नपुगेपछिको पहिलो असर नै दिमाखमा पर्न सुरु हुन्छ ।’

    सुत्नुअघि मोबाइलबाट इमेल/इन्टरनेट हेर्दैगर्दा स्करिन ले दिने चमकले आखालाई चनाखो बनाइ राख्दछ । आँखाले आनन्द लिन थालेपछि मानिस रोमाञ्चित हुदै जान थाल्दछ, त्यतिन्जेलसम्म दिमाखपनि चनाखो नै भइबस्नुपर्ने हुन्छ ।

    सुत्नु भनेकै निरन्तर काम गर्दै आएका शरिरका कोशिकालाई आराम गर्न दिनु पनि हो । शरिरका कोशिकालाई आराम गर्न दिइएन भने टोक्सिन अर्थात एक प्रकारको बिष उत्पादन हुन सुरु हुन्छ र त्यसको प्रतक्ष्य असर दिमाखमा देखापर्दछ ।

    साधारणतया ७ देखी ९ घण्टा सुत्नको लागि समय चाहिन्छ । त्यो भन्दा कम सुत्ने मानिसमा ध्यान केन्द्रित गर्न नसक्ने, सम्झन सक्ने क्षमतामा ह्रास हुने, हेर्दा स्वस्थ्य नदेखिने, अल्छी हुने आदि समस्याहरु देखापर्दछ ।एम आर खबरबाट

  • २० फाल्गुन २०७४, आईतवार ०८:४३ प्रकाशित
  • Nabintech
    सम्बन्धित