भोज सहितको फजुल खर्च गरी जन्मदिन मनाउने संस्कारलाई चुनौती दिँदै जेसीजकर्मी तथा एक व्यवसायीले फरक तरिकाले आप्mनो जन्मदिन मनाएकी छिन् ।
कोहलपुर निवासी कोहलपुर जेसीज वर्ष २०१८ की उपाध्यक्ष तथा कपडा व्यवसायी संगीता सुवेदीले आइतवार आप्mनो जन्मदिनको अवशरमा त्रिभुवन नमूना मा.वि.मा अध्ययनरत १६ जना दृष्टिविहिन विद्यार्थीहरुमा सामान्य कार्यक्रम गरेर जन्मदिन मनाइन् । घर परिवार आप्mना केही शुभचिन्तक सहित त्रिभुवन नमूना मा.वि.को दृष्टिविहिन छात्रावासमा पुगेर दृष्टिविहिनहरुलाई जन्मदिनको अशवरमा मिठाई तथा केक खुवाएर जन्मदिनको शुभकामना लिन भ्याइन् । सो अवशरमा दृष्टिविहिनहरुलाई सहयोग स्वरुप टि–सर्ट समेत आप्mनै हातले बाढ्दै भनिन्–
‘फरक तरिकाले जन्मदिन मनाउँदा मनमा छुट्टै खुशी सिर्जना हुनेरहेछ ।’
जन्मदिन या विशेष समयमा पछिल्लो समयमा पार्टी तथा भोज भतेरमा मानिसहरु मन खोलेर खर्च गर्ने गर्छन् तर केही थोरै रकम सामाजिक क्षेत्रमा लगानी गर्न सके त्यसको प्रभाव अर्कै हुने सुवेदीको बुझाई छ । आप्mनो कदमले अन्य व्यक्तिलाई सकारात्मक प्रभाव पर्ने र विवाह, ब्रतबन्ध, जन्मदिन तथा अन्य कुनै उत्सवहरुमा भोज भतेरमा लाखौ रकम खर्च गर्ने परिपाटीको अन्त्य हुन आवश्यक रहेको भन्दै आपूmले छाटो तयारीमा दृष्टिविहिनहरुसँग आप्mनो जन्मदिन मनाउने निर्णय गरेकी हुँ, उनले भनिन् । घर परिवार तथा शुभेच्छुकहरुले पनि यो कदम पनि सकारात्मक प्रतिक्रिया व्यक्त गरेको सुवेदीले बताइन् । आगामी दिनमा पनि यस्ता गतिविधीलाई निरन्तरता दिने उनको भनाई छ ।