मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

अन्तमा केपि ओलीले राष्ट्रपतिमा विद्या भण्डारी नै दोहराउने, झलनाथले टिकट पाएनन्
  • मार्गरेखा संवाददाता

  • २३ फागुन, काठमाडौं । नेकपा एमालेले वर्तमान राष्ट्रपति विद्या भण्डारीलाई नै राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    मध्यरातसम्म बसेको एमाले स्थायी कमिटीको बैठकले उम्मेदवार चयन गरेको हो ।

    राष्ट्रपतिका लागि भण्डारीसागै पूर्वप्रधानमन्त्री झलनाथ खनाल दावेदार थिए । तर, भण्डारीको नाममा सहमति जुटेको छ ।

    भण्डारी ११ कात्तिक २०७२ मा गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति बनेकी थिइन् ।

    राष्ट्रपति चयनका लागि आज बुधबार उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

    २९ गते निर्वाचन हुनेछ ।

    प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरको निर्वाचक मण्डलले राष्ट्रपति चयन गर्नेछ र वाम गठबन्धनको प्रष्ट बहुमत छ ।

  • २३ फाल्गुन २०७४, बुधबार ०७:१५ प्रकाशित
  • Nabintech
    सम्बन्धित