मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

विद्यालयको पोशाक लगायतका सामाग्रीहरु लिन भारत रुपैडिहा नपठाउनको लागि आग्रह नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य
  • मार्गरेखा संवाददाता

  • नयाँ शैक्षिक सत्र सुरु हुँदै गर्दा बाँकेमा सञ्चालनमा रहेका नीजि तथा सामुदायिक विद्यालयले आफ्नो विद्यालयको पोशाक लगायतका सामाग्रीहरु लिन भारत रुपैडिहा नपठाउनको लागि आग्रह गरिएको छ ।
    बाँकेमा सञ्चालनमा रहेका अधिकांश नीजी विद्यालयलले सीमापारीका विभिन्न पसलहरुबाट पोषाक, जुत्ता, टाई, स्टेशनरी जस्ता सामाग्री खरिद गर्नु भन्ने आव्हान गरिए पछि त्यसो नगर्न र त्यस्तो प्रबृत्तिलाई निरुत्साहित पार्नको लागि नेपालगन्ज उद्योग बाणिज्य संघले संबद्ध क्षेत्रका व्यक्तिहरु बीच अन्तरक्रियाको आयोजना गरी यस्तो आग्रह गरिएको हो ।
    नेपाली नागरिकहरुले भारतीय बजारमा गएर अत्याबश्यक सामग्री खरिद गर्दा नेपाली उत्पादन ओझेलमा परेको भन्दै नेपालगन्जका व्यवसायीले स्वदेशी उत्पादन प्रयोग गर्नुपर्नेमा जोड दिएका हुन् ।
    नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले दैनिक आवश्यकताका वस्तुहरुदेखि शिक्षा क्षेत्रका सामग्रीहरु समेत भारतीय बजारबाट ल्याउन दबाब दिन थालिएको हुँदा सबै जिम्मेवार निकायले स्वदेशी उत्पादन प्रयोग गर्न र सामाजिक संघसंस्थाहरुले नेपाली उत्पादन किनमेल गर्नको लागि नीति निर्माण गर्न आवश्यक रहेकोे बताए ।
    नेपालगन्ज उद्योग वाणिज्य संघले मंगलबार नेपालगन्जमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागिले नेपाली उत्पादनका लागि नीति निर्माण गर्न आवश्यक रहेकोमा जोड दिदै गुणस्तरिय बस्तुको उत्पादन भईरहेको अवस्थामा स्वदेशी उत्पादन बस्तुहरुलाई नै प्रथामिकता दिई उत्पादन गरौं भन्ने मुल उद्देश्यका साथ देशलाई आर्थिक रुपले समृद्ध र स्वावलम्बी बनाउनका लागि अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको संघका अध्यक्ष बैश्यले जानकारी दिए ।
    भारतमा सस्तो समान पाउनु नै नेपालीमा भ्रम फैलिएको उद्योगी व्यवसायीहरुको भनाई रहेको छ । नेपाली उत्पादन नै गुणस्तरिय र सस्तो रहेको उद्योगीहरुको ठम्याई रहेको छ ।
    नेपाली उत्पादनमा नेपालीकै विश्वसनियता नरहेको स्वर्गद्ववारी युनिफर्म हाउस नेपालगन्जका संचालक हेमराज आचार्यले बताए । नेपालगन्जका १० प्रतिशत स्कुलको ड्रेस आफुले तयार पार्ने र बाँकी ९० प्रतिशत विद्यालयले विश्वास नगरि भारतीय उत्पादन प्रयोग गर्ने गरेको उनको भनाई रहेको थियो ।
    नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष बैश्यको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन आचार्य, नेपाली काँग्रेस बाँकेका अध्यक्ष किरण कोइराला, नेकपा एमालेका दत्तप्रसाद आचार्य, महेन्द्र बहुमुखि क्याम्पसका प्रमुख गणेश कुमार रेग्मी, कृष्ण जिसी लगायत उद्योगी व्यवसायी र पत्रकारहरुको सहभागिता रहेको थियो

  • २३ फाल्गुन २०७४, बुधबार १७:०२ प्रकाशित
  • Nabintech
    सम्बन्धित