मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

दाङको तुलसीपुरमा बिच गेम प्रतियोगिता शुरु
  • मार्गरेखा संवाददाता


  • शरद रेग्मी
    तुलसीपुर २३फागुन ।
    तुलसीपुरमा बिच भलीवल प्रतियोगिता शुरु भएको छ । तुलसीपुर उपमहाननगरपालिकाले तुलसीपुर १२ को ववई नदी किनारमा आयोजना गरेको बिच गेमको उद्घाटन प्रदेश नंबर ५ का मुख्य मन्त्री शंकर पोख्रेलले गरेका हुन् । तुलसीपुर उपमहानगरपालिकाका खेल संयोजक अमर नेपाली ( माईकल)को अध्यक्षतामा भएको खेल उद्घाटन कार्यक्रममा प्रमुख अतिथि मुख्य मन्त्री पोख्रेलले राष्ट्रलाई चिनाउन खेलको महत्वपूर्ण भुमिका हुने बताएका छन् । खेल क्षेत्रबाट नै अन्तराष्ट्रिय स्तरमा राष्ट्रको झण्डा फहराउन सकिने उनले बताए । साथै खेलले मानब स्वास्थ्यसंगै पर्यटन पर्बद्धनमा पनि टेवा पु¥याउने भन्दै प्रदेशमै पहिलो पटक यस्तो खेलको आयोजना गर्नु सकारात्मक भएको बताए । बबई नदीमा बिच गेमको आयोजना गर्नु यस क्षेत्रको बिकासमा पनि टेवा पु¥याउनु रहेको मन्त्री पोख्रेलले बताए । उनले ५ नंबर प्रदेशलाइ नमुना र मिनी नेपालको रुपमा बिकसीत गर्दै जाने बताए ।
    साथै उनले ५ नंबर प्रदेश भित्रका सम्भावनाहरुलाइ पहीचान गर्दै श्रोत र साधनहरुको खोजी गरीने समेत बताएका छन ।
    कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब केशब बिष्टले खेलले मुलुकको अर्थतन्त्र बलियो बनाउने बताएका छन् । मानब स्वास्थ्यसंगै खेलले अनुसासित, देशभक्त बनाउने बताए । खेलले समग्र मुलुकको बिकासमा टेवा पु¥याउने उनको भनाई थियो । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले दाङको प्रर्यटन क्षत्रको बिकाशका लागी बबइ नदीको भुमीका महत्वपूर्ण ह्ने बताउनुभयो । बबइ नदी दाङको नदी हो बबइ दाङमा छ भनेर चीनाउनका लागीपनी बिदेशमा शमुन्द्रको छेउमा खेलीने खेलको आयोजना गरेको बताउनुभयो ।
    स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण प्रबक्ता श्याम डाँगी र प्रेस संयोजक बसन्त विवस आचार्यले गरेका थिए । ववईको पर्यटन पबद्र्धनका लागि आयोजना गरिएको प्रतियोगिता तीन दिन सम्म चल्ने छ । २३, २४ र २५ गतेसम्म तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १२ को ववइ नदीमा विच भलिबल प्रतियोगिता चल्ने संयोजक माईकलले बताए । बिच गेमका लागि पुरुषको १७ र महिलाको १० टिम दर्ता भएको छ । खेलका महिला र पुरुष तर्फ पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः २५ हजार, १५ हजार र १० हजार पुरस्कारको व्यवस्था गरिएको माईकलले बताए । खेल उद्घाटन कार्यक्रममा बिभिन्न बिद्यालयका बिद्यार्थी, बिभिन्न संघसंस्थाहरुले आआफ्नो प्रस्तुती राखेका थिए ।

     

     

  • २३ फाल्गुन २०७४, बुधबार १९:२२ प्रकाशित
  • Nabintech
    सम्बन्धित