मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बर्दियाको गुलरियामा साल्ट ट्रेडिङ्ग कार्पाैरेशनको डिपो कार्यालय स्थापना
  • मार्गरेखा संवाददाता

  •  

    दुर्गा आचार्य

    बर्दिया,फाल्गुण,२३। साल्ट ट्रेडिङ्ग कार्पाैरेशन लिमिटेडले बर्दियाको गुलरियामा डिपो कार्यालयको वुधवार औपचारिक रुपमा उद्घाटन गरेको छ । मलखाद र आयोडिन युक्त नुनलाई लक्षित गरि बर्दियाका नागरिक तथा किसानको सुविधालाई मध्यनजर गर्दै सहज रुपमा उपलव्ध गराउने उद्धेश्यले डिपो खोलिएको उद्घाटन कार्यक्रममा वताईएको छ । साल्ट ट्रेडिङ्ग कार्पाैरेशन लिमिटेडको उद्घाटन गर्दै डिपो खुलेका कारण बर्दियाली जनताले गुणस्तरीय  मलखाद र नुन उपभोग गर्न पाउने बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले वताए । बर्दिया जिल्लामा भारतीय खुला सीमाना भएकै कारण अवैध नाकाबाट गुणस्तरहिन मलखाद तथा नुन आउने भएका कारण डिपोखुले संगै यस्तो समस्या समाधान हुने प्रजिअ भट्टराईले वताए । विगतका दिनमा गुलरियाका वजारहरुमा गुणस्तरहिन भारतीय नुन बजार अनुगमनका क्रममा भेटिएका र नागरिकमा गुणस्तर सम्वन्धी चेतना कमभएका कारण पनि भारतीय नुन प्रयोग गरिरहेको उनले वताए। डिपो खुले संगै यस्ता गतिविधीमा नियन्त्रणमा  सहयोग पुग्ने प्रजिहको भनाई छ ।बर्दिया जिल्ला कृषिको लागि राम्रो् जिल्ला मानिएको र कृषकको हितको लागि कामगर्नै कम्पनिको दायीत्व समेत भएका कारण डिपो कार्यलयको विस्तार गर्दै बर्दियाको गुलरियामा डिपो खोलिएको गुलरियाका डिपो प्रमुख लोकनाथ शर्माले वताए। यस डिपोबाट मलहरुमा डिएपी,यूरिया,पोटास,एसएसपी तथा दुईवालवालिका चिन्ह भएको गुणस्तरिय आयोडिन युक्त नुनको बिक्री वितरण गरिने डिपो प्रमुख शर्माले वताए ।

  • २३ फाल्गुन २०७४, बुधबार २१:२३ प्रकाशित
  • Nabintech
    सम्बन्धित